पोखरा । पौडी खेल्नेक्रममा फुस्रेखोलामा बेपत्ता भएका स्याङ्जाको पुतली बजार नगरपालिका वडा नं. ७ का पूर्ण गुरुङ मृत अवस्थामा भेटिएका छन् ।
पोखरा महानगरपालिका वडा नं. १७ स्थित फुस्रेखोलामा बेपत्ता बेपत्ता भएका गुरुङ आज बिहान ८ बजे पोखरा ३३ ३३ मुसीटुँडास्थित मृत अवस्थामा पानीमा तैरिहरेको अवस्थामा फेला परेका हुन् ।
कास्की प्रहरीका अनुसार गुरुङको शवलाई स्थानीयले देखेर प्रहरीलाई खबर गरेका थिए । उनको शव पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा राखिएको छ ।