arrow

वीरगञ्ज महानगरको कार्यपालिकाले पायो पूर्णता

logo
हाम्रा कुरा
प्रकाशित २०७९ जेठ २२ आइतबार
birgunj-mahanagarpalika.jpeg

पर्सा । वीरगञ्ज महानगरपालिकाको कार्यपालिका सदस्यमा नेपाली कांग्रेस र जनता समाजवादी पार्टी (जसपा) का उम्मेदवार विजयी भएका छन् ।

३२  वडा रहेको यस महानगरको कार्यपालिका सदस्यको निर्वाचनबाट ती दुई पार्टीका चार/चार सदस्य निर्वाचित भएका छन् ।

दलित वा अल्पसंख्यक सदस्यमा गठबन्धनबाट कांग्रेसका कन्हैया प्रसाद, जसपाका खैरुद्धिन मियाँ धोबी र निरञ्जन प्रसाद सोनार निर्वाचित भए ।

यसैगरी पाँच महिला सदस्यमा पनि सत्ता गठबन्धनमध्येबाट कांग्रेसका कनिका कौशिक, नितुकुमारी राम र राधादेवी कार्की  तथा जसपाबाट कलावतीदेवी राजपुतिन र रबुलसन खातुन निर्वाचित भएका हुन् ।

कार्यपालिका सदस्यका लागि भएका निर्वाचनमा १६२ मतदातामध्ये १५९ जनाले मात्रै मतदान गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ