arrow

सिप्रदी ट्रेडिङ्गका निर्देशक दाहालले ९ घण्टा २९ मिनेटमा पूरा गरे तेन्जिङ हिलारी एभरेष्ट म्याराथन

logo
हाम्रा कुरा
प्रकाशित २०७९ जेठ २० शुक्रबार
sipradi-director-shambhu-dahal-everest-marathon.jpg

काठमाडौँ। सिप्रदी ट्रेडिङ्ग प्रालिका निर्देशक शम्भु प्रसाद दाहालले तेन्जिङ हिलारी एभरेष्ट म्याराथन पूरा गरेका छन्। ६१ वर्षीय निर्देशक दाहालले विश्वको सबैभन्दा अग्लो ट्रेल दौड म्याराथन ’तेन्जिङ हिलारी एभरेष्ट म्याराथन’ ९ घण्टा २९ मिनेट १४ सेकेण्डमा पूरा गरेका हुन्।

उक्त म्याराथन ५,३६४ मिटर उचाइमा रहेको एभरेष्ट बेस क्याम्पबाट सुरु भएको थियो। त्यहाँबाट घरेपानी, लोबुचे पास, ठुङ्ला पास, डिंबोचे, फिरेची पास, ताकबोचे हुँदै ३,४४० मिटर उचाइमा भएको नाम्चे बजारसम्मको दुरी छ। एभरेष्ट बेस क्याम्प देखि नाम्चे बजारसम्मको कुल दुरी भने ४२.१९५ किलोमिटर रहेको छ। सिप्रदी ट्रेडिङ्गका निर्देशक दाहालले यो दुरी ९ घण्टा २९ मिनेट १४ सेकेन्डमा पार गरेका हुन्।

हरेक वर्ष मे २९ लाई अन्तर्राष्ट्रिय सगरमाथा दिवसको रूपमा मनाइन्छ। सन् १९५३ मे २९ मा तेन्जिङ नोर्गे शेर्पा र सर एडमन्ड हिलधारीद्वारा पहिलो पटक सगरमाथाको सफल आरोहण गरिएको थियो। सन् २०२२ को सोही दिन अन्तर्राष्ट्रिय सगरमाथा दिवसको ६९औँ वार्षिकोत्सव अवसरमा निर्देशक दाहालले पनि तेन्जिङ हिलारी एभरेष्ट म्याराथन पूरा गरेका हुन्।

विगत तीन महिनामा निर्देशक दाहालले तेन्जिङ हिलारी एभरेष्ट म्याराथनसहित तीन वटा म्याराथन सफलतापूर्वक पूरा गरिसकेका छन्। तेन्जिङ हिलारी एभरेष्ट म्याराथन उनको तेस्रो म्याराथन हो। यसभन्दा अघि निर्देशक दाहालले सन् २०२२ फेब्रुअरीमा भएको ४२.९ किलोमिटरको दुरीको सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथन र ४९ किलोमिटरको दुरी रहेको तेस्रो जुम्ला रारा अल्ट्रा म्याराथनमा पूरा गरेका थिए।

निर्देशक दाहालले आफूलाई म्याराथनमा सहभागी हुन पाउँदा शारीरिक तथा मानसिक हिसाबले स्वस्थ भएको बताउँछन्। साथै, शारीरिक र मानसिक रूपले स्वस्थ रहँदा त्यसले आफ्नो सम्पूर्ण उत्पादकता झन् विकास भएको जनाएका छन्। आफू मात्र नभई आफ्ना साथीभाइ तथा ईष्टमित्रहरुलाई पनि प्रभाव परेको कारणले सबैलाई कुनै न कुनै रूपमा खेलकुदमा रुचि राखी निरन्तर रूपले लाग्न सल्लाह दिन्छन्।

‘भर्खरै म सगरमाथा म्याराथन २०२२ मा सहभागी हुन पाए।’ यसमा म आफूले आफैलाई निकै भाग्यशाली महसुस गर्दै छु,’ उनी भन्छन्, ’तर सगरमाथा आधार शिविरबाट खुम्बु भ्यालीको उच्च शेर्पा ट्रेलहरू पार गर्दै गर्दा मलाई एक विवादास्पद अनुभूति भयो।’ निर्देशक दाहालले आफ्नो अनुभव सुनाउँदै थप भने, ’एकतर्फ म त्यहाँको सौन्दर्यमा रमाउँदै थिए। नेपालको सौन्दर्यमा निकै गर्व गरिरहेको थिएँ। तर अर्कोतर्फ मेरो मन भारी भएको थियो। जलवायु परिवर्तनको नकारात्मक असरहरू त्यहाँ देखा परिरहेका थिए।’

उनका अनुसार हिमालमा हिउँको मात्र घट्दै थियो। जलवायु परिवर्तनले निकै असर गरेको छ। र, जति यस विषयमा चासो देखाउनु पर्ने हो मानवजातिले यसमा त्यति चासो देखाइरहेका छैनन्। यससँगै उनले भविष्यमा आफूले जलवायु परिवर्तनसम्बन्धी भने थप चासो देखाउने र कार्बन फुटप्रिन्टहरू घटाउने प्रयास गर्ने बताए।

६९ औँ अन्तर्राष्ट्रिय सगरमाथा दिवसको अवसरमा तेन्जिङ हिलारी एभरेष्ट म्याराथनमा भाग लिन सिप्रदी ट्रेडिङ्गका निर्देशक दाहालसहित २४ विभिन्न राष्ट्रका १४७ जना सहभागी थिए।

विगत लामो समयदेखि उनले सिप्रदियन सहायता संस्था मार्फत खेलकुद र योसँग सान्दर्भिक कार्यक्रमहरूमा पनि सक्रिय भूमिका निर्वाह गरिरहेका छन्। संस्थाले खेलकुदसँग सम्बन्धित थुप्रै गतिविधिहरूमा सहयोग गर्दै आएको छ। संस्थाले जुम्लास्थित कर्णाली स्पोर्ट क्लबसँगको सहकार्यमा १६ देखि २० वर्ष उमेरका केटाकेटीहरूका लागि ’अल्ट्रा–म्याराथन रनिङ ट्रेनिङ छात्रवृत्ति’ प्रदान गर्दै छ। त्यस्तै, कम्पनीले १२ देखि १३ वर्ष उमेरका केटाकेटीहरूलाई फुटबल ट्रेनिङको लागि पूर्ण छात्रवृत्ति प्रदान गर्दै आएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ