चुनावका बेला आक्रमणमा परेका स्वतन्त्र उम्मेदवार जोशीलाई थप उपचारका लागि दिल्ली लगियो
हाम्रा कुरा
प्रकाशित २०७९ जेठ १७ मंगलबार
1.6k
Shares
पोखरा । तनहुँको व्यास नगरपालिकाको मेयर पदका स्वतन्त्र उम्मेद्वार दीपकराज जोशीलाई नयाँदिल्ली लगिएको छ । स्थानीय तहको निर्वाचनका क्रममा व्यास नगरपालिका वडा नं. ८ रिस्तीमा आक्रमणमा परी घाइते भएका जोशीलाई थप उपचारका लागि दिल्ली लगिएको हो ।
उनको उपचार दिल्लीस्थित मेदान्त अस्पतालमा हुने भएको छ । जोशीको टाउकोमा चोट लागकको छ । काठमाडौंस्थित फ्रन्टलाइन अस्पतालमा गरिएको उपचारपछि थप उपचार दिल्लीमा गर्न चिकित्सकले सुझाव दिएकाले जोशीलाई त्यसतर्फ लगिएको हो ।
जोशीले दिल्ली उपचारबाट फर्केपछि व्यास नगरपालिकाका नागरिकको साथमा रहेर बेथिति तथा विसङ्गतिको चीरफारमा लाग्ने प्रतिवद्धता जनाएको बताइन्छ ।