निर्यात वृद्धि र आयात प्रतिस्थापन गर्ने गरी कृषि क्षेत्रलाई बढी प्राथमिकता
हाम्रा कुरा
प्रकाशित २०७९ जेठ १५ आइतबार
584
Shares
काठमाडौं । सरकारले कृषि क्षेत्रलाई प्राथमिकतामा राखेको छ । कृषि उत्पादन बढाउन किसानलाई सहुलियतपूर्ण कर्जा, कृषि उत्पादनका लागि बजार प्रर्बद्धन गरिने भएको छ ।
अर्थमन्त्री जनार्दन शर्माले संसदको संयुक्त बैठकमा बजेट भाषण गर्दै कृषिलाई प्राथमिकतामा राखेका हुन् । कृषि कर्जाका लागि कोषसमेत खडा गरिने भएको छ ।
किसान पेन्सन कोष स्थापनाका लागि एक अर्ब रुपैयाँ छुट्टाइएको छ ।
निर्यात वृद्धि र आयात प्रतिस्थापन गर्ने गरी कृषि क्षेत्रलाई बढी नै प्राथमिकता दिन लागिएको हो ।
आत्मनिर्भरताका लागि कृषि कार्यक्रम ल्याइन लागेको हो ।