बजेट मन्त्रिपरिषद्बाट स्वीकृत, अर्थमन्त्री शर्माले सार्वजनिक गर्दै
हाम्रा कुरा
प्रकाशित २०७९ जेठ १५ आइतबार
503
Shares
काठमाडौं । मन्त्रिपरिषद् बैठकले आगामी आर्थिक वर्षको बजेट स्वीकृत गरेको छ । आइतबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकले आर्थिक वर्ष २०७९–०८० को बजेट स्वीकृत गरेको हो ।
मन्त्रिपरिषदले स्वीकृत गरेसँगै संघीय संसदमा बजेट प्रस्तुत गर्ने बाटो खुलेको छ । आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्न आइतबार अपरान्ह ४ बजे संघीय संसदको दुवै सदनको संयुक्त बैठक डाकिएको छ ।
१५ जेठमा आगामी आर्थिक वर्षको आयव्यय (बजेट) प्रस्तुत गर्नुपर्ने संवैधानिक व्यवस्था छ । अर्थमन्त्री जनार्दन शर्माले बजेट सार्वजनिक गर्दैछन् ।