arrow

कहिले सार्वजनिक होला टाटाको नयाँ एच-५ ?

logo
हाम्रा कुरा
प्रकाशित २०७९ जेठ १५ आइतबार
tata-motors-h5-sipradi.jpg

काठमाडौँ। अटो मोबाइल क्षेत्रमा टाटा मोटर्स आफ्नो पहिचान बनाउन सफल कम्पनी हो। भारतीय अटो मोबाइल कम्पनी टाटा मोटर्सले विभिन्न समय नयाँ उत्पादन र नयाँ मोडलका गाडीहरू सार्वजनिक गर्दै आएको छ।  टाटाले ग्राहकहरूको माग र आवश्यकतालाई ध्यानमा राख्दै गाडी सार्वजनिक पनि गर्ने गर्छ।

टाटा मोटर्सको मिड-साइज एसयुभी सेग्मेन्टको एच-५ बजारमा निकै रुचाइएको गाडी हो। पहिलो पटक सन् २०१८ मा सार्वजनिक एच-५ले ग्राहकहरूको मन जित्त सफल छ। पछि सन् २०१९ मा पनि केही थप विशेषताहरूसहित एच-५ सार्वजनिक गरिएको थियो। सन् २०२० को जनवरीमा पुनः परिमार्जनसँगै सार्वजनिक गरिएको एच-५ सन् २०२३ मा भने थप अद्यावधिक सुविधाहरूसँगै सार्वजनिक हुने कम्पनीले जनाएको छ।

टाटा एच-५ को बाहिरी आवरणसँगै भित्री विशेषताहरूका कारण ग्राहकहरूको रोजाइमा पर्दै आएको छ। टाटा मोटर्सका अनुसार नयाँ एच-५ फेसलिफ्ट सहित सार्वजनिक हुँदै छ। अर्थात् गाडीमा विशेषताहरू थप गर्नुसँगै यसको बाहिरी स्टाइलमा पनि परिवर्तन हुनेछ। कम्पनीले नयाँ एच-५बारे सम्पूर्ण विशेषता भने सार्वजनिक गरेको छैन।

गाडीको बाहिरी स्टाइलिङमा परिमार्जन हुनेछ। जसमध्ये मुख्य यसको बाहिरी स्टाइलिङ हुनेछ। टाटा मोटर्सले एच-५ २०२३ को बाहिरी आवरण अद्यावरण (अपडेट) गर्नेछ। यसको अगाडि भागमा हुने ग्रिल पुनः डिजाइन गरिएको हुनेछ भने गाडीमा नयाँ हेडल्याम्प क्लस्टर हुनेछ। साथै,कम्पनीले अगाडिको बम्परमा पनि केही परिवर्तन गर्ने अनुमान लगाउन सकिन्छ।

यसबाहेक नयाँ एच-५मा नयाँ अलोय ह्विलहरू हुने प्रक्षेपण गरिएको छ। गाडीको अगाडि भागसँगै पछाडि भागमा पनि केही परिवर्तनहरू हुने अपेक्षा राखिएको छ।

टाटा मोटर्सले नयाँ एच-५को बाहिरी आवरण र स्टाइलिङसँगै अन्य आन्तरिक विशेषताहरूमा पनि परिमार्जन र अद्यावरण गर्ने जनाइएको छ। सबैभन्दा पहिले गाडीमा अद्यवारण गरिएको इन्फोटेनमेन्ट र स्टियरियो प्रविधि हुने बताइएको छ।

नयाँ इन्फोटेनमेन्ट प्रणाली ठूलो डिस्प्लेको साथ आउनेछ। र, एच(५को मानक दायरामा आइआरए जडान कार टेक प्रदान गर्ने बताइएको छ। थप रूपमा, अद्यावधिक गरिएको प्याकेजले ३६० डिग्री पार्किङ क्यामेरा पनि समावेश गर्नुपर्ने अनुमान छ।

बगाडीमा हुने एडभान्स ड्राइभर असिस्टेन्स सिस्टम (एडिएएस) एच-५को उपकरणहरू मध्ये सबैभन्दा ठूलो हुनेछ। एडिएएस सुविधा अहिले प्रायः एसयुभीमा सामान्य हुँदै छ।

टाटा मोटर्सले नयाँ एच-५ २०२३ निर्माण समय सुरक्षा विशेषतालाई थप ध्यानमा राख्दै निर्माण गर्ने बताएको छ। टाटाको प्रायः गाडीहरूले ग्लोबल एनक्याप सुरक्षा रेटिङमा राम्रो प्रदर्शनी गर्दै छ। टाटा मोटर्स सुरक्षाको मामिलामा ग्राहकहरूको मन जित्न सधैँ अग्र पन्थीमा छ।

नयाँ एच-५मा पेट्रोल इन्जिन हुने अपेक्षा छ। योसँगै गाडीको हुडमा पनि परिवर्तन देखिनेछ। नयाँ एच-५ एक दशमलव ५ लिटर टर्बो पेट्रोल इन्जिनद्वारा सञ्चालित हुनेछ। हाल बजारमा उपलब्ध एच-५मा २ लिटर क्रियोटेक डिजेल मोटर इन्जिन जडित छ। जसले १६८ बिएचपी पावर र ‍३५० एनएम टर्क जेनेरेट गर्छ। नयाँ पेट्रोल इन्जिन जडित एच-५ म्यानुअल र अटोमेटिक ट्रान्समिसन विकल्पमा उपलब्ध कम्पनीले जनाएको छ।

यसरी थप अद्यावरण सहितको नयाँ एच-५ सन् २०२३ को सुरुमै भारतीय बजारको शोरूमहरूमा उपलब्ध हुने अपेक्षा छ। फेसलिफ्ट सहितको यो नयाँ एच-५को सुरुवाती बजार मूल्य १४ लाख भारतीय रुपैयाँमा हुने अनुमान छ। यद्यपि टाटा मोटर्स आफैले भने यसबारे कुनै खुलासा गरेको छैन।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ