arrow

आइतबार संसद्‌मा बजेट पेश हुँदै

logo
हाम्रा कुरा
प्रकाशित २०७९ जेठ १३ शुक्रबार
budget1.jpg

काठमाडौं । आगामी आइतबार सङ्घीय संसद्को संयुक्त बैठकमा बजेट पेश हुने भएको छ। यही जेठ १५ गते सङ्घीय संसद्को संयुक्त बैठकमा अर्थमन्त्री जनार्दन शर्माले आगामी आवको बजेट पेश गर्नेछन्।

गणतन्त्र दिवसको दिन पारेर नै बजेट पेश गर्ने गरी संविधानमा नै व्यवस्था गरिएको छ ।

शनिवार भने आर्थिक वर्ष २०७८-७९ को आर्थिक सर्वेक्षण पेश हुने भएको छ । बैठकमा आजका लागि नै आर्थिक सर्वेक्षण पेश गर्ने कार्यसूची रहे पनि प्रमुख प्रतिपक्षी दल नेकपा(एमाले)को अवरोधका कारण पेश हुन पाएन ।

आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्नु भन्दा अघि नै आर्थिक सर्वेक्षण पेश गर्नुपर्ने व्यवस्था छ । अर्थमन्त्री शर्माले उक्त आर्थिक सर्वेक्षण पेश गर्ने कार्यक्रम छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ