arrow

मधेस प्रदेशले कृषिलाई उच्च प्राथमिकतामा राखेर बजेट ल्याउने 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ जेठ १३ शुक्रबार
bijaya-kumar-yadhav.PNG

जनकपुर । प्रदेश सरकारले कृषिलाई उच्च प्राथमिकतामा राखेर बजेट ल्याउने मधेस प्रदेशका भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री विजय कुमार यादवले बताएका छन् । शुक्रवार जनकपुरधाममा मन्त्रालयद्वारा आयोजना गरिइएको “अन्तर निकायसँग समन्वय गरी कानुन सम्बन्धी” अन्तरक्रिया कार्यक्रममा बोल्दै यस्तो बताएका हुन् । 

मन्त्री यादवले विगतका वर्षहरूमा जून प्रकारले कामकाज हुनु पर्दथ्यो त्यो अनुसार नभएको बताउँदै यस वर्ष प्रदेश सरकारले कृषिलाई उच्च प्राथमिकतामा राखेर बजेट ल्याउने बताए । कृषि क्षेत्रको विकास विना प्रदेशको समृद्धि कठिन भएकाले प्रदेश सरकारले ल्याएको वार्षिक नीति तथा कार्यक्रमलाई प्रभावकारी किसिमले कार्यान्वयनका लागि मन्त्री यादवले समेत आग्रह गरे।

कार्यक्रममा बोल्दै कार्यालयहरूले कामकाज गर्दा बेरुजू नहुने किसिमले गर्नु पर्ने धारणा राख्दै बेरुजु हुन नदिनका लागि आन्तरिक लेखा प्रणालीलाई मजबुत बनाउनका लागि आग्रह गरे। समयमा नै मन्त्रालयले निर्धारण गरेको वार्षिक कार्यक्रमहरू गर्नका लागि तालुक निकायलाई निर्देशन पनि दिए।

कार्यक्रममा सुशासन तथा सेवा प्रवाहका विषयमा गृह तथा सञ्चार मन्त्रालयका सचिव राम कुमार महतो, मधेस प्रदेशमा कृषिको अवस्था विषयमा मन्त्रालयका सचिव नम्रता सिंह र खरिद तथा बेरुजुका विषयमा प्रदेश लेखा नियन्त्रक राधेश्याम गिरी र नाम नक्सा तथा कानुन सम्बन्धी विषयमा विजय कुमार महतोले छुट्टाछुट्टै कार्यपत्र प्रस्तुत गरे।

कार्यक्रममा मन्त्रालय अन्तर्गतको निर्देशनालय, विभाग तथा कार्यालय प्रमुखहरूको सहभागिता रहेका थियो।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ