arrow

मधेस प्रदेशले परिवर्तन गर्‍यो मन्त्रालयको नाम

logo
हाम्रा कुरा
प्रकाशित २०७९ जेठ ११ बुधबार
pradesh-2-mantriparisad.jpg

जनकपुर । मधेस प्रदेशको आन्तरिक मामिला तथा सञ्चार मन्त्रालयको नाम परिवर्तन भएको छ । उक्त मन्त्रालयको नाम परिवर्तन गरि 'गृह तथा सञ्चार मन्त्रालय' राखिएको सचिव रामकुमार महतोले बताए ।

उनका अनुसार मधेस सरकारको जेठ ६ गते बसेको मन्त्रिपरिषद्को बैठकले आन्तरिक मन्त्रालयको नाम परिवर्तन गर्ने निर्णय गरेको थियो। 

मन्त्रालयको नाम कानुन बमोजिम परिवर्तन गरि राजपत्रमा प्रकाशित गरिएको छ । प्रदेश सरकार स्थापना हुँदा सो मन्त्रालयको नाम आन्तरिक मामिला तथा कानुन मन्त्रालय थियो। 

पछि मन्त्रालय फुटाउँदा आन्तरिक मामिला तथा सञ्चार मन्त्रालय राखिएको थियो । फेरि परिवर्तन गरि आन्तरिक तथा गृह मन्त्रालय राखिएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ