arrow

टाटा मोटर्सको दोस्रो एक्सपिरियन्स जोन चितवनमा

सिप्रदी तथा नेपाली चलचित्र कबड्डी टिमद्वारा उद्घाटन

logo
एजेन्सी,
प्रकाशित २०७९ जेठ ९ सोमबार
tata-motors-experience-zone-chitwan-1.jpg

नारायणगढ। नेपालका लागि टाटा मोटर्सको एक मात्र आधिकारिक वितरक सिप्रदी ट्रेडिङ्ग प्रालिले हालै मात्र चितवनमा टाटा मोटर्सको दोस्रो एक्सपिरियन्स जोनको सुरु गरेको छ। यस एक्सपिरियन्स जोनको उद्घाटन कलाकार दयाहाङ्ग राई सहित नेपाली चलचित्र कबड्डी टिमद्वारा गरिएको हो।

यस टाटा मोटर्स एक्सपिरियन्स जोन चितवनस्थित सिजी ल्याण्डमार्कमा रहेको छ। टाटा मोटर्सको यो दोस्रो एक्सपिरियन्स जोन हो। यस अघि ललितपुरको पुलचोकस्थित लाबिम मलमा पहिलो एक्सपिरियन्स जोनको सुरुवात भएको थियो।

यस एक्सपिरियन्स जोनमा बजार प्रतिनिधिहरू मार्फत टाटा मोटर्सका गाडीहरूको बारेमा विस्तृत जानकारी लिन सकिनेछ र यसका साथै टेस्ट ड्राइभको पनि व्यवस्था गरिएको छ।

साथै टाटा मोटर्सका ग्राहकहरूका लागि मात्र प्रिभिलेज्ड पार्किङको पनि सुविधा रहेको छ। टाटा मोटर्सले ग्राहक सेवालाई अझै परिष्कृत र उत्कृष्ट बनाउने उद्देश्यले शोरुम भन्दा बाहिरबाट पनि यस किसिमको सेवा दिन थालेको कम्पनीले जनाएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ