arrow

टाटा मोटर्स कार शोरुम अब ललितपुरको सातदोबाटोमा

logo
हाम्रा कुरा
प्रकाशित २०७९ जेठ ८ आइतबार
tata-sipradi-JB-automotive.jpg

काठमाडौँ। भारतको सबैभन्दा ठुलो अटोमोबाईल कम्पनी टाटा मोटर्सले आफ्नो ललितपुरको महत्त्वपूर्ण शोरुम सातदोबाटो स्थित सिप्रदीको आधिकारिक डिलर जेबि अटोमोटिभ प्रालिको उद्घाटनबाट सुरु गरेको छ।

टाटा मोटर्सको एक मात्र आधिकारिक वितरक सिप्रदी ट्रेडिङ्ग प्रालिले आफ्नो ग्राहकहरूको लागि आधुनिक तथा सुविधा सम्पन्न शोरुम तथा विक्री सेवा सुविधा केन्द्रको ललितपुरमा उद्घाटनबाट सुरु गरेको हो। टाटा मोटर्स र सिप्रदी टेडिङ्ग प्रालिको प्रतिबद्धता अनुसार आफ्नो सञ्जाल नेपालभरि फैलाउने क्रममा उक्त सेवा सुविधा केन्द्रको रूपमा खोलिएको जानकारी प्राप्त भएको छ।

विशेष कार्यक्रम मार्फत प्रमुख अतिथिका रूपमा टाटा मोटर्सका तर्फबाट अजित सिंह, सिप्रदीका तर्फबाट प्रमुख कार्यकारी अधिकृत राजन बाबु श्रेष्ठ, प्रमुख सञ्चालन अधिकृत राजेश प्रसाद गिरी, प्यासेन्जर भेहिकल प्रमुख शावन्त जङ्ग सिजापति, विभिन्न विभागका प्रतिनिधिको स्वागत र जेबि अटोमोटिभका अध्यक्ष जेबि घिसिङ्ग र  ज्योति बानियाले गरेका थिए।

उक्त कार शोरूममा टाटा मोटर्सका नयाँ बिएस ६ का सम्पूर्ण गाडीहरू उपलब्ध हुनुका साथै टेस्ट ड्राइभको पनि सुविधा हुनेछ।
सिप्रदीका अन्य सेवा सुविधा का साथै कुनै सुझाव भएमा टोल फ्री नम्बर १६६००१५५७७७ वा ९८०१५७५७७७ मा पनि सम्पर्क गर्न सकिने कम्पनीले जनाएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ