पोखरामा गठबन्धनका उम्मेदवार भन्दा थापा पछाडि, २१ सय बढीको मतान्तर
हाम्रा कुरा
प्रकाशित २०७९ जेठ ५ बिहिबार
878
Shares
पोखरा । पोखरा महानगरपालिकामा गठबन्धनका मेयर पदका उम्मेदवार धनराज आचार्यले मतान्तर बढाउँदै लगेका छन् । गठबन्धनका तर्फबाट नेकपा एकीकृत समाजवादीका उम्मेदवार आचार्यले नेकपा एमालेका उम्मेदवार कृष्ण थापासँगको मतान्तर २१ सय तीन मत पुर्याएका हुन् ।
हालसम्म ४७ हजार ४६६ मत गणना सम्पन्न हुँदा आचार्यले १९ हजार ६१५ मत प्राप्त गरेर अग्रता कायम राखेका छन् ।
उनलाई एमालेका कृष्ण थापाले १७ हजार ५१२ मत ल्याएर पच्छ्याइरहेका छन् ।
यस्तै, राप्रपाका शङ्कर खरालले एक हजार ९६२ र स्वतन्त्रका गनेस पौडेलले एक हजार २४ मत प्राप्त गरेका छन् ।
यता, उपमेयरमा नेकपा एमालेकी उम्मेदवार मञ्जुदेवी गुरुङले अग्रता लिएकी छन् । उनले गठबन्धनकी साझा उम्मेदवार नेपाली कांग्रेसकी कोपिला रानाभाटलाई २२८ मतले उछिनेकी छन् ।
एमालेकी गुरुङले २० हजार २०० मत ल्याएर अग्रता लिएकी छन् । उनलाई नेपाली काँग्रेसकी कोपिला रानाभाटले १९ हजार ७७४ मत ल्याएर पच्छ्याइरहेकी छन् । राप्रपाकी रञ्जना सेनले भने १७ सय ४४ मत प्राप्त गरेकी छन् ।