श्रीलङ्कामा पेट्रोल हाहाकार, तत्काल ७५ मिलियन डलर आवश्यक : प्रधानमन्त्री
एजेन्सी,
प्रकाशित २०७९ जेठ ३ मंगलबार
478
Shares
फाइल तस्बिर
कोलम्बो। ७० वर्षयताकै सबैभन्दा नराम्रो आर्थिक सङ्कट सामना गरिरहेको श्रीलङ्कामा पेट्रोल हाहाकारको अवस्थामा पुगेको छ। नयाँ प्रधानमन्त्री रनिल विक्रमासिंघले यस्तो सङ्केत गरेका हुन्। राजधानी कोलम्बोको सबैभन्दा लोकप्रिय यातायातको माध्यम अटो रिक्सा र अन्य सवारी साधनहरू पेट्रोल पम्पहरूमा लाइनमा देखिन्छन्।
एउटा टेलिभिजन सम्बोधनमा प्रधानमन्त्री विक्रमासिंघले आधारभूत सामाग्रीको आयातका लागि भुक्तानी गर्न देशलाई तत्काल ७५ मिलियन डलर विदेशी मुद्रा आवश्यक भएको उनले बताए। सरकारले तलब दिन केन्द्रीय बैङ्कले पैसा छाप्नुपर्ने बताए।
राज्यको स्वामित्वमा रहेको श्रीलङ्काली एयरलाइन्स पनि निजीकरण गरिने उनले जानकारी दिए।
महामारी, बढ्दो मूल्य वृद्धि र कर कटौतीका कारण देशको अर्थतन्त्र नराम्रोसँग प्रभावित भएको छ। विदेशी मुद्राको दीर्घकालीन अभाव र बढ्दो मुद्रास्फीतिले औषधि, इन्धन र अन्य अत्यावश्यक वस्तुको चरम अभाव भएको छ।