arrow

देउवा-मोदी बौद्ध बिहारको शिलान्यासमा

logo
हाम्रा कुरा
प्रकाशित २०७९ जेठ २ सोमबार
modi-deuba.PNG

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी बौद्ध बिहारको शिलान्यास कार्यक्रममा सहभागी भएका छन् । 

भगवान गौतम बुद्धको जन्मस्थल लुम्बीनीमा २५ सय ६६ औं बुद्ध जयन्तीका दिन मोदी नेपाल आएका हुन् । उनलाई प्रधानमन्त्री देउवाले स्वागत गरेका थिए ।

बौद्ध बिहारको शिलान्यास कार्यक्रमपछि करिब सवा १२ बजेर १५ मिनेटमा मोदीले पवन होटलमा विश्राम गर्ने र त्यहाँ १२ बजेर २० मिनेटमा परराष्ट्र मन्त्री नारायण खड्कासँग शिष्टाचार भेट गर्नेछन् ।

त्यसपछि साढे १२ बजे प्रधानमन्त्री देउवा र मोदीबीच पवन होटलमा द्विपक्षीय वार्ता हुने र पौने १ बजेबाट प्रतिनिधिमण्डलस्तरीय वार्ता हुने कार्यक्रम छ ।

त्यसपछि मोदी साढे १ बजे प्रधानमन्त्री देउवाले आयोजना गर्ने दिवाभोजमा सहभागी हुनेछन् ।  भोजपछि २ बजे मोदीले विशिष्ट तहका व्यक्तिहरूसँग भेटघाट तथा छलफल गर्ने र सोही क्रममा पत्रकार सम्मेलनको आयोजना गरिने कार्यक्रम रहेको छ ।

त्यसपछि करिब साढे ३ बजे लुम्बिनीमा हालै बनेको ५ हजार जनाको क्षमता रहेको सभाहलमा आयोजित बुद्ध जयन्तीको मूल समारोहमा मोदी सहभागी हुनेछन् र सम्बोधन पनि गर्ने छन् । 

त्यसपछि आजै साँझ ५ बजे मोदी भारतीय वायु सेनाको हेलिकप्टरबाट भारतको कुशीनगर फर्किने छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ