arrow

लुम्बिनीका लागि भारतबाट मोदीकाे प्रस्थान, स्वागत गर्न सबै तयारी पूरा

logo
हाम्रा कुरा
प्रकाशित २०७९ जेठ २ सोमबार
modi-lumbini.jpg

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी लुम्बिनीका लागि भारतबाट प्रस्थान गरेका छन् । भारतीय परराष्ट्र मन्त्रालयका प्रवक्ता अरिन्दम बागचीले मोदीले त्यहाँबाट प्रस्थान गरेको जानकारी दिएका हुन् ।

२ हजार ५ सय ६६ औँ बुद्धजयन्तीको पावन अवसरमा मोदी बुद्धको जन्मस्थल लुम्बिनी आउन लागेका हुन् । त्यहाँ उनले प्रधानमन्त्री देउवासँग भेट्ने एवं पूजामा सहभागी हुने कार्यक्रम रहेको छ ।

परराष्ट्र मन्त्रालयले मोदीको स्वागतका लागि सबै तयारी पूरा भएको जानकारी दिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ