arrow

शताब्दीयौंको नेपाल-भारत सम्बन्ध अझ गहिरो बनाउने मेरो उद्देश्य हो- मोदी

logo
हाम्रा कुरा
प्रकाशित २०७९ जेठ १ आइतबार
deuba-modi.PNG

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी सोमबार लुम्बिनी भ्रमण गर्दै छन् । नेपाल भ्रमणको अघिल्लो दिन उनले दुई देशबीचको सम्बन्ध अझ गहिरो बनाउन आफूले भ्रमण गर्न लागेको बताएका छन् ।

मोदीको भनाइलाई उल्लेख गर्दै आइतबार उनको कार्यालयले प्रस्थान विज्ञप्ति जारी गरेको छ । सो विज्ञप्तिमा मोदीले नेपाल र भारतबीचको सम्बन्ध अतुललीय रहेकोसमेत बताएका छन् ।

‘बुद्ध जयन्तीको शुभ अवसरमा मायादेवी मन्दिरमा पूजाआजा गर्न र भगवान बुद्धको जन्मस्थलमा लाखौं भारतीयहरूझैं श्रद्धा अर्पण गर्न पाउँदा म गौरवान्वित छु’, विज्ञप्तिमा भनिएको छ ।

यस्तै विज्ञप्तिमा प्रधानमन्त्री शेरबहादुर देउवासँग गत महिना भारत भ्रमणका क्रममा भएको फलदायी छलफलपछि फेरि भेट्ने र जलविद्युत, विकास एवं कनेक्टिभिटी लगायतका विभिन्न क्षेत्रमा सहयोग विस्तारलाई निरन्तरता दिने उल्लेख छ ।

पवित्र मायादेवी मन्दिरको दर्शन गर्नुका साथै लुम्बिनी मोनास्टिक जोनमा रहेको इन्डिया इन्टरनेशनल सेन्टर फर बुद्धिस्ट कल्चर एण्ड हेरिटेजको ‘शिलान्यास’ समारोहमा पनि मोदी सहभागी हुने भएका छन् । नेपाल सरकारले आयोजना गरेको बुद्ध जयन्तीको अवसरमा हुने समारोहमा पनि भारतीय प्रधानमन्त्री मोदी सहभागी हुने कार्यक्रम छ ।

मोदीले अघि भनेका छन्, नेपालसँगको हाम्रो सम्बन्ध अतुलनीय छ । भारत र नेपालबीचको सभ्यता र जनताबीचको प्रत्यक्ष संलग्नताले हाम्रो घनिष्ठ सम्बन्धको स्थायी संरचना बनाउँछ। इतिहास रचित शताब्दीयौंदेखि बढ्दै गएको समय सम्मानित सम्बन्धलाई मनन गर्ने र अझ गहिरो बनाउने मेरो भ्रमणको उद्देश्य हो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ