काठमाडौंमा वालेन्द्रको अग्रता बढ्दै, सिर्जना र केशवबीच प्रतिस्पर्धा
हाम्रा कुरा
प्रकाशित २०७९ वैशाख ३१ शनिबार
1.6k
Shares
काठमाडौं । काठमाडौं महानगरपालिकाको मतगणना जारी रहेको छ । करिब १० बजेबाट शुरु भएको मतगणनाको प्रारम्भिक परिणाम बाहिर आएको छ । १५२ मत गणना हुँदा स्वतन्त्र उम्मेदवार वालेन्द्र साह अगाडि रहेका छन् ।
वालेन्द्रले ५७ मत पाएका छन् । त्यसैगरी सत्ता गठबन्धनका तर्फबाट नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना सिंहले ४४ मत प्राप्त गरेकी छिन् । नेकपा एमालेका उम्मेदवार केशव स्थापितले ४२ मत पाएका छन् ।
राप्रपाका मेयर पदका उम्मेदवार मदनदास श्रेष्ठले नौ मत ल्याएका छन् । मेयरका ५५ जना उम्मेदवार चुनावी मैदानमा छन् ।