हेटौँडामा शङ्कास्पद वस्तु फेला, सेनाद्वारा डिस्पोज
हाम्रा कुरा
प्रकाशित २०७९ वैशाख ३० शुक्रबार
1k
Shares
फाइल तस्बिर
हेटौँडा। हेटौँडामा शङ्कास्पद वस्तु फेला परेको छ। मतदान सुरु हुनुभन्दा अगाडिय हेटौँडा उपमहानगरपालिका-७ र ८ को सीमाना नजिकै फायरलाइनमा प्रेसर कुकरमा तार बाँधेर राखिएको अवस्थामा फेला परेको हो।
उक्त शङ्कास्पद वस्तु नेपाली सेनाको टोलीले डिस्पोज गरिसकेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता टेकबहादुर कार्कीले जानकारी दिए ।