श्रीलंकाको नयाँ प्रधानमन्त्रीमा विक्रमासिङ्घेले लिए सपथ
हाम्रा कुरा
प्रकाशित २०७९ वैशाख २९ बिहिबार
749
Shares
काठमाडौं । रनिल विक्रमासिङ्घेले श्रीलंकाको नयाँ प्रधानमन्त्रीको रूपमा सपथ लिएका छन् । विक्रमासिङ्घेलाई प्रधानमन्त्री बनाउनुलाई आर्थिक संकटबाट शुरु भएको हिंसा अन्त्य गर्ने र अन्तर्राष्ट्रिय विश्वसनीयता पुनर्स्थापित गर्ने प्रयासको रूपमा हेरिएको छ।
श्रीलंकाले अन्तर्राष्ट्रिय मुद्रा कोषसँग बेलआउट प्याकेजको लागि वार्ता गरिरहेका बेला विक्रमासिङ्घे प्रधानमन्त्री बनेका हुन्।
बिहीबार साँझ राष्ट्रपति कार्यालयमा आयोजित एक समारोहमा विक्रमासिंघेले राष्ट्रपति गोटाबाया राजापाक्षेसमक्ष सपथ लिएका हुन् ।