arrow

सुर्खेतमा पैसा बाँड्दै गरेको अवस्थामा एमाले उम्मेदवार पक्राउ

logo
हाम्रा कुरा
प्रकाशित २०७९ वैशाख २९ बिहिबार
Surkhet-hamrakura-news.jpeg

सुर्खेत । सुर्खेतमा पैसा बाँड्दै गरेको अवस्थामा नेकपा एमालेका उम्मेदवार पक्राउ परेका छन् ।  मतदाताहरूलाई पैसा बाँड्दै गरेको अवस्थामा एमाले वडाध्यक्षका उम्मेदवारलाई प्रहरीले पक्राउ गरेको हो ।

वडाध्यक्षका  उम्मेदवार राजन विसीलाई सुर्खेतको गुर्भाकोट नगरपालिका ११ मा बुधवार मध्यरातमा प्रहरीले पक्राउ गरेको हो । विसीले पक्राउ पर्नु अघि केही घरमा पैसा बाँडिसकेका थिए ।  

उम्मेदवार विसी १ लाख १२ हजार रुपैयाँ नगदसहित पक्राउ परेको सुर्खेत प्रहरीले जनाएको छ । उम्मेदवार विसीलाई बुधवार  प्रहरी चौकी मेहलकुनामा राखिएको थियो भने अहिले प्रहरीले निर्वाचन कार्यालयको जिम्मा लगाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ