जनताको सेवा समर्पित गर्ने उम्मेरवारलाई जिताउनुहोस् : नेतृ भुसाल
हाम्रा कुरा
प्रकाशित २०७९ वैशाख २७ मंगलबार
601
Shares
काठमाडौं । नेकपा (माओवादी केन्द्र)का नेत्री एवं ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले जनताको सेवामा समर्पित हुने उम्मेदवारलाई स्थानीय निर्वाचनमा विजयी गराउन अपिल गरेकी छन्।
उनले परिवर्तनको मुद्दा शिरोधार्य गरेर जनताका आवश्यकतालाई सही तवरले बुझ्ने पार्टी माओवादी केन्द्रका उम्मेदवार जताउन र गठबन्धनको पक्षमा दरिलो भएर उभिन आम जनसमुदायलाई आग्रह गर्नुभयो ।
माओवादीले काठमाडौँको पूर्वी नगर शङ्खरापुरमा आज आयोजना गरेको ‘बृहत् चुनावी सभा’लाई सम्बोधन गर्दै नेत्री भुसालले भनिन्, “जनतालाई सीप उपलब्ध गराउने र सोहीअनुसारको व्यवसाय तय गरेर आर्थिक सामाजिक उन्नतिका लागि पहल गर्ने उम्मेदवारलाई मत प्रदान गर्न आग्रह गर्दछु ।”
उनले शिक्षा र स्वास्थ्यले समाजको वर्गीय धरातल झनै फराकिलो बनाउँदै लगेको भन्दै स्थानीय तहले सो क्षेत्रको गुणस्तर सुधारेर आफ्ना जनतालाई सेवा प्रदान गर्नुपर्नेमा जोड दिइन् ।
मन्त्री भुसालले भनिन्, “सबैले सबैसँग प्रतिस्पर्धा गर्ने शिक्षा प्रणालीको विकास गर्नुपर्छ, अनिमात्र सामाजिक न्यायमा आधारित समाज निर्माण गर्न सक्छौँ । संविधानले निर्दिष्ट गरेको समाजवादको बाटोमा जान सक्छौँ । सोही जिम्मेवारीलाई उम्मेदवारले गहनरूपमा लिनुपर्छ ।”
जनताको इच्छा र आकाङ्क्षामा एकाकार भएर आफ्नो पार्टी अगाडि बढ्ने विश्वास दिलाउँदै उनले माओवादी केन्द्रका उम्मेदवारले निर्वाचन जिते कृषि र पर्यटनलाई विशेष प्राथमिकतामा नगरको विकास गर्ने र एतिहासिक शङ्खरापुरलाई ‘हेरिटेज सिटी’का रुपमा विकास गरिने बताइन् ।