arrow

सीले दिए हंगेरीका नयाँ राष्ट्रपतिलाई बधाई

logo
सिन्ह्वा,
प्रकाशित २०७९ वैशाख २७ मंगलबार
xi-jinping-china.jpg

बेइजिङ । चिनियाँ राष्ट्रपति सी चिनफिङले मङ्गलबार हंगेरीको राष्ट्रपतिको रूपमा कातालिन नोभाकलाई बधाई सन्देश पठाएका छन् । 

राष्ट्रपति सीले हालैका वर्षहरूमा चीन-हंगेरी सम्बन्धको विकास उच्च स्तरमा कायम भएको र बारम्बार उच्च स्तरको सम्बन्धको रूपमा चिनिएको पनि बताएका छन् । 

उच्चस्तरीय आदानप्रदान, विभिन्न क्षेत्रमा फलदायी सहयोग र अन्तरराष्ट्रिय र क्षेत्रीय मामिलामा ठोस सहयोग द्वीपक्षीय विषय उल्लेख्य रहेको पनि उनले बताएका छन् ।

सीले चीन-हंगेरी सम्बन्धको विकासलाई ठूलो महत्त्व दिएको बताउँदै दुई देशबीचको राजनीतिक पारस्परिक विश्वास र परम्परागत मित्रतालाई अझ प्रगाढ बनाउन नोभाकसँग काम गर्न आफू तयार रहेको बताए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ