देउवासहित गठबन्धन दलका शीर्ष नेताले पोखरामा सम्बोधन गर्दै
हाम्रा कुरा
प्रकाशित २०७९ वैशाख २५ आइतबार
954
Shares
गण्डकी । नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवासहित पाँच दलीय गठबन्धनका शीर्ष नेताले आज पोखरामा सम्बोधन गर्दैछन्।
पोखराको अमरसिंह चौरमा आयोजना गरिने चुनावी सभालाई कांग्रेसका सभापति एवं प्रधानमन्त्री देउवा, माओवादी केन्द्रका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दहाल ‘प्रचण्ड’ नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल लगायतले सम्बोधन गर्नुहुने कार्यक्रम रहेको नेपाली कांग्रेस कास्कीका सभापति किशोरदत्त बरालले जानकारी दिए ।
चुनावी सभाका लागि पोखराका विभिन्न स्थानबाट दलहरूले र्यालीको तयारी गरेका छन् ।