arrow

बाहिर राष्ट्रवाद भित्र लम्पसारवाद गर्नेले गठबन्धन कमजोर पार्न खोजे – रामचन्द्र पौडेल

logo
हाम्रा कुरा
प्रकाशित २०७९ वैशाख २३ शुक्रबार
ramchandra-poudel.jpg

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले गठबन्धनलाई कमजोर बनाउने खेल भइरहेको बताएका छन् । उनले बाहिर बाहिर राष्ट्रवाद र भित्रभित्र लम्पसारवादको राजनीति गर्नेहरुले गठबन्धनलाई कमजोर पार्न खोजेको आरोप लगाए । 

पाँच दलीय सत्ता गठबन्धनको काठमाडौँको शान्तिबाटिकामा आयोजित संयुक्त चुनावी आमसभामा बोल्दै उनले यो गठबन्धनको मिसन नै अकर्मण्यलाई जोगाउनु भएको बताए । 

नेता पौडेलले प्रतिगामीहरु एक ठाउँमा भेला भइरहेको भन्दै त्यस्तो शक्तिलाई पराजित गर्नका लागि प्रगतिशील शक्ति एक भएर मुलुकलाई जोगाउनु पर्ने उनले बताए । 

उनले काठमाडौं फोहरको डंगुर भएको भन्दै मान्छेले हावा खाने ठाउँ बनाउनु पर्नेमा जोड दिए । 

उनले विदेशको उदाहरण दिँदै खुला ठाउँहरु हुनुपर्नेमा जोड दिएका छन् । 

उनले एकले अर्कालाई खुला दिलले सहयोग गरेर गठबन्धन जोगाएर जानुपर्नेमा जोड दिएका छन् । 

उनले गठबन्धन सहयोग र सहकार्यको आधारमा टिकेको समेत बताए । 

गठबन्धन आवश्यकता पनि हो र अप्ठेरो पनि हो भन्दै उनले चुनावमा कसरी र कहाँ कहाँ छाप लगाउने भनेर मतदातालाई राम्रोसँग बुझाउन पनि आग्रह गरेका छन् । 

यही बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा गठबन्धन दलहरूले स्थानीय आवश्यकतानुसार चुनावी तालमेल गरेका छन् । निर्वाचनको तयारीका लागि गठबन्धन दलले बिहीबार चितवनमा आमसभा गरेका थिए ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ