arrow

टाटा टियागोले पार गर्‍यो चार लाखको माइलस्टोन

logo
हाम्रा कुरा
प्रकाशित २०७९ वैशाख २३ शुक्रबार
tata-tiago-4-lakh-milestone-sipradi.jpg

काठमाडौँ। भारतीय अटोमोबाइल कम्पनी टाटा मोटर्सले यति बेला आक्रामक बजार लिइरहेको छ। कम्पनीको उत्पादनहरू आन्तरिक बजारमा मात्र नभई अन्तर्राष्ट्रिय बजार वा भनौँ बाह्य बजारमा पनि निकै मागका साथ निर्यात हुँदै छ।

टाटा मोटर्सले इन्धनबाट चल्ने सवारी उत्पादनसँगै बिजुलीबाट चल्ने सवारी उत्पादनमा पनि उत्तिकै चासो देखाइरहेको छ। कम्पनीले नयाँ भेरियन्टका गाडीहरू सार्वजनिकसँगै आफ्नो उत्पादन क्षमता पनि बढाएको छ।

यस्तैमा हालै टाटा टियागोको बिक्री ४ लाख भइसकेको टाटाले जनाएको छ। टाटा मोटर्सको भारतको गुजरातस्थित सनान्द प्लान्टबाट बिहीबार ४ लाख टियागो बिक्रीको लागि बाहिरिएको हो।

टाटा भन्छ, ‘टियागो एक मानक ह्याचब्याग हो, जसले ग्लोबल एनक्याप सुरक्षा परीक्षणमा चार स्टार रेटिङ पाएको छ। टाटा मोटर्सको उत्पादनमध्ये यो कोशेढुंगा पार गर्ने टियागो पहिलो गाडी हो।’

टाटाले दिएको जानकारीअनुसार, ‘टाटा टियागो पहिलो पटक सन् २०१६ मा सार्वजनिक भएको थियो। सार्वजनिक भएदेखि नै गाडीले राम्रो बजार पायो। यो गाडी हरेक उमेरका खरिदकर्ताको लागि उपयुक्त छ। अझ विशेष पहिलो पटक गाडी किन्ने ग्राहकहरूलाई टियागोको विशेषताहरूका कारण लोभ्याउन सफल छ। टियागो सुरक्षा र विशेषताहरूसँगै स्टाइल र आवरणका कारण पनि विशेष छ।’

गाडीको विशेषताबारे टाटा भन्छ, ‘१२०० सिसी डिस्प्लेसमेन्ट भएको टाटा टियागोमा १.२ लिटर एस्पिरेटेड, ३ सिलिन्डर पेट्रोल इन्जिन जडित छ। जसले ६,००० आरपीएममा ८६ पीएस पावर र ३,३०० आरपीएममा ११३ एनएम टर्क जेनेरेट गर्छ।’

यसको स्पिड पनि निकै राम्रो रहेको दाबीसहित टाटा भन्छ, ‘यो पाँच स्पिड म्यानुअल ट्रान्समिसन र पाँच स्पिड एड्भान्स्ड अटोमेडेड म्यानुअल ट्रान्समिसन विकल्पमा उपलब्ध छ। टियागोमा ३५ लिटरको इन्धन ट्याङ्क छ। टाटा टियागोले प्रतिलिटर २०।०९ किलोमिटरसम्मको माइलेज दिन्छ।’

टाटाको टियागो सुरक्षाको हिसाबमा पनि अब्बल रहेको दाबीसहित टाटा भन्छ, ‘कम्पनीले टियागो निर्माण समय यात्रु सुरक्षालाई विशेष ध्यानमा राखेको छ। ग्लोबल एनक्याप परीक्षणमा टियागोको चार स्टार रेटिङ पाएको छ। यसले गाडी निकै सुरक्षित छ भन्ने साबित गर्छ।’
 
टियागोमा डुअल एयरब्याग, रिअर पार्क असिस्ट डिस्प्ले (गाडी ब्याक गर्दा पछाडि के छ भन्ने हेर्न मिल्ने स्क्रिन), ईबीडी र सीएससी (कर्नरिङ स्टेबिलिटी कन्ट्रोल) सहितको एन्टी–लक ब्रेकिङ प्रविधि, स्पिड सेन्सेटिभ अटो लकिङ डोर (गाडी गुडिरहेको समय ढोका खुल्दैन), डिफ्रगरसहितको रिअर वास वाइपरलगायत विशेषताहरू छन्। त्यस्तै, गाडीमा पञ्चर रिप्यर किट पनि राखिएको छ।

गाडीको सुरक्षाबारे टाटा भन्छ, ‘गाडी जति सुरक्षित छ, उत्तिकै आरामदायी पनि छ। टाटा मोटर्सले टियागो उत्पादन समय गाडीको भित्री भागको डिजाइनमा पनि विशेषतः ध्यान पुर्‍याएको छ। टियागोको भित्री भाग निकै फराकिलो छ। चालक र यात्रुको लागि गाडीमा पर्याप्त ठाउँ छ। गाडीमा अटोमेटेड क्लाइमेट कन्ट्रोल, स्टेरिङ माउन्ट कन्ट्रोल जस्ता विशेषताहरू छन्।’

टियागोको ड्यासबोर्ड सफा र डुअल टोन (दुई रङ्ग) मा छ। ड्राइभर सिट पनि चालकले आफू अनुकूल मिलाउन सक्ने भएकाले गाडी चलाउनेलाई सहज हुने उसको दाबी छ । गाडीको अगाडि भागको सिटहरूको हेडरेस्ट छ । यसलाई चालक र यात्रुको सहजताको आधारमा मिलाउन सकिन्छ।

टाटाले यसबारे थप जानकारी दिँदै भनेको छ, ‘यसमा कुल्ड ग्लोबबक्स र बीचमा कप होल्डर पाउन सकिन्छ । कुल्ड ग्लोबबक्समा यात्राको समय आवश्यक पानी, पेय पदार्थ, फलफूललगायत खानेकुराहरू राख्न सकिन्छ । यसो गर्दा ती वस्तुहरू गाडी भित्र तातिने समस्या पनि हुँदैन।’
 
थप विशेषताबारे टाटा भन्छ, ‘टियागोमा डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर छ। साथै ७ इन्चको इनफोटेनमेन्ट स्क्रिन छ। यसमा एप्पल कार प्ले र एनड्रोइड अटो कनेक्टिभिटी विशेषता पनि समावेश छ। गाडीमा ८ वटा स्पिकर छ जसले गर्दा हरेक सिटमा बस्ने व्यक्तिले उत्तिकै आवाज र बेसमा गीत अथवा अन्य अडियो सुन्न सक्छन्। टाटा मोटर्सले जति टियागोको आन्तरिक विशेषता, सुरक्षा र आरामदायिकतामा काम गरेको छ। उत्तिकै ध्यान गाडीको स्टाइल र बाहिरी आवरणमा पनि दिएको छ।’

पाँच सिटर टाटा टियागो भारतमा निर्मित गाडी हो। यसको बाहिरी डिजाइन निकै स्टाइलिस र स्पोर्टी छ। यसको एंगुलर हेडल्याम्प, क्रोम गार्निस्ड फग ल्याप्प, पियानो कालो रङ्गमा रहेको रिअर मिरर लगायतले गाडीलाई निकै आकर्षक देखाएको छ।

यसको हेडलाइट पनि चम्किलो छ। टियागोमा डुअल टोन बम्पर छ, जसले गर्दा गाडीलाई स्टाइलिस देखाएको छ। त्यस्तै, टियागोमा १५ इन्चको अलोय ह्विल पाउन सकिन्छ। अलोय ह्विलहरू डायमन्ड कट हुनुका साथै डुअल टोन रङ्गमा छ, जसले गाडी निकै प्रिमियम देखिन्छ। 

गाडीको पछाडि भाग र फिनिसिङमा पनि कम्पनीले विशेष प्राथमिकता दिएको छ। यसको टेललाइट ट्रेन्डी बुमर आकारको छ। टियागोमा १७० एमएम ग्राउन्ड क्लेरेन्स र २,४०० एमएम ह्विलबेस छ।

टाटाले दाबीसहित भन्छ, ‘टियागोको डिकी क्षमता पनि बढी छ। २४२ लिटरको डिकी क्षमता भएको टियागोमा कतै यात्रा गर्दै हुनुहुन्छ भने तपाईँलाई आवश्यक सामग्रीहरू यहाँ सहजै अटाउन सक्नुहुन्छ।’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ