arrow

रामचन्द्रको गुनासो –‘जगन्नाथ पौडेलजीले मेरो कुरै सुन्नुभएन’

logo
हाम्रा कुरा
प्रकाशित २०७९ वैशाख २२ बिहिबार
ramchandra-poude-2079l.jpg

भरतपुर । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले भरतपुर महानगरपालिकाका कांग्रेसबाट बागी उम्मेदवारी दिएका जगन्नाथ पौडेलले आफ्नो कुरा नसुनेको गुनासो गरेका छन् । उनले बिहीबार जगन्नाथ पौडेलसँग छलफल गर्न खोज्दा कुरा नसुनेको गुनासो गर्दै भने, ‘जगन्नाथजीले मेरो कुरै सुन्नुभएन ।’

चितवनको भरतपुरमा जारी पाँच दलीय सत्ता गठबन्धनको संयुक्त चुनावीसभामा सम्बोधनको क्रममा बोल्दै उनले पौडेल वार्ताका लागि तयार नभएको बताएका हुन् । आफूले चाहेको संवादमा पौडेलले साथ नदिएको पनि रामचन्द्र पौडेलको गुनासो छ । 

सम्बोधनका क्रममा नेता पौडेलले सत्ताधारी गठबन्धनको यात्रा लामो रहेकोसमेत बताए । 

सम्बोधनका क्रममा उनले भने, ‘साथीहरुले पार्टी सभापति शेरबहादुर देउवासँग मिल्न गएको भनेर आरोप लगाए तर सत्ता गठबन्धनको परिकल्पना देउवा भन्दा पहिला मैले गरेको हुँ। एमाले अध्यक्ष केपी ओलीले देश तानासाहामा धकेल्न खोजपछि आफूले गठबन्धनको परिकल्पना गरेको हुँ ।’

भोलिको दिनमा पनि मिलेरै सरकार बनाउने भएकाले आज स्थानीय तहबाटै यो अभ्यास भएको उनको जिकिर छ । संसदको चुनावसम्मै यही गठबन्धन जारी रहने उनले विश्वास समेत व्यक्त गरे ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ