arrow

चर्चित अभिनेता गाजी पोखरामा

logo
हाम्रा कुरा
प्रकाशित २०७९ वैशाख २० मंगलबार
gaji-turki.PNG

कास्की । विश्व चर्चित टर्कीका अभिनेता उनगिनअल्टान दुज्यातान (अर्तुग्रुल गाजी) नेपाल भ्रमणमा रहेका छन् ।  संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको निमन्त्रणामा सोमबार काठमाडौं आएका अर्तुग्रुल गाजी आज पोखरा आएका हुन् । 
    
उनलाई पोखरा विमानस्थलमा पोखरा पर्यटन परिषद्, नेपाल टुर्स एण्ड ट्राभल्स एशोसिएसन नेपाल (नाटा) का पदाधिकारी, पर्यटन व्यवसायी तथा इस्लाम धर्मावलम्बी प्रसंशकहरुले स्वागत गरे । 

कोरोनापछि शिथिल बनेको नेपालको पर्यटन क्षेत्र प्रवद्र्धन गर्नाका साथै टर्कीका पर्यटक नेपाल भित्र्याउने उद्देश्यले मन्त्रालयको निमन्त्रणमा आठ सदस्यीय टोलीको नेतृत्व गर्दै कलाकार दुज्यातान नेपाल आउनुभएको संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेका सहायक प्रेस संयोजक जैनव खातुनले जानकारी दिए ।

उनका अनुसार कलाकार दुज्यातान इद पर्वका अवसरमा पोखरा–१३स्थित मियाँपाटनमा आयोजना हुने कार्यक्रममा सहभागी हुनुहुनेछ । दुईदिने पोखरा बसाइका क्रममा उनले यहाँका पर्यटकीय गन्तव्यहरु फेवाताल, बेगनासताल तथा सराङकोटको दृश्यावलोकन गर्ने कार्यक्रम छ । 

विश्व चर्चित अभिनेताको आगमनले यहाँको पर्यटन प्रवद्र्धनमा योगदान पुग्ने पोखरा पर्यटन परिषद्का अध्यक्ष गोपीबहादुर भट्टराईले बताए ।

उनले भने, “टर्की र मथ्यपूर्वी देशका पर्यटकहरु हिमाल आरोहणलगायत साहसिक गतिविधिका लागि आउने गरेका छन् । पछिल्लो समय कोरोनापछि यहाँको पर्यटन उकालो लाग्दै आएको अवस्थामा चर्चित कलाकारको आगमनले यसको प्रवद्र्धनमा थप मद्दत पुग्ने विश्वास लिएका छौँ ।”

टर्कीको ८०० वर्ष पुरानो राजनीतिक घटनामा आधारित  टेलिफिल्म ‘अर्तुग्रुल गाजी’ मा दुज्यातानले मुख्य कलाकारको भूमिकामा निर्वाह गरेका छन् । सोही चलचित्रमार्फत उन विश्वभर चर्चित भएका हुन्। सो चलचित्र विश्वका धेरै भाषामा अनुवाद गरिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ