arrow

काठमाडौंको क्लबमा राहुल गान्धी

logo
हाम्रा कुरा
प्रकाशित २०७९ वैशाख २० मंगलबार
rahul-gandi-club.jpg

काठमाडौं । भारतको प्रमुख प्रतिपक्ष दल भारतीय राष्ट्रिय कंग्रेसका नेता राहुल गान्धी काठमाडौंमा छन् । 

गान्धी सोमबार साँझ ५ बजे आसपास त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उत्रेका थिए । गान्धी साथी तथा सीएनएनकी पूर्व पत्रकार सुमनिमा उदासको विवाह समारोहमा सरिक हुन नेपाल आएका हुन् । 

सोमबार राति उनी ठमेलस्थित एलओडी क्लब पुगेका थिए । उनी नाइट क्लब गएको भिडियो बाहिरिएको छ भने भारतीय जनता पार्टी लगायतका दलहरू विरोधमा उत्रेका छन् । 

गान्धीमाथि कंग्रेस पार्टी सिद्धि सकेको तर राहुल गान्धीको पार्टी चलिरहेको जस्ता व्यङ्ग गरिएको छ ।  नेपालमा नाइट क्लबमा पार्टी गरेर बस्नु गैर जिम्मेवार भएको उनीमाथि टिप्पणी गरिएको छ । 

राहुल काठमाडौं आफ्नो साथीको बिहेमा व्यक्तिगत यात्रा गरेका हुन् । गान्धी नागपोखरीस्थित होटेल मेरियटमा बसेका छन् । पूर्व पत्रकार सुम्निमाको विवाह नीमा मार्टिन शेर्पासँग आज हुँदै छ। 

गान्धी नेपालमा रहँदा पर्यटकीय स्थलको भ्रमण गर्ने सम्भावना रहेको छ । गान्धी शुक्रवार स्वदेश फर्कने छन् । अन्य राजनीतिक भेटघाटका बारेमा खुलेको छैन ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ