भारतका प्रधानमन्त्री र जर्मनीका चान्सलर बीच भेटवार्ता
एएनआई,
प्रकाशित २०७९ वैशाख १९ सोमबार
241
Shares
बर्लिन । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले सोमबार जर्मनीका चान्सलर अलाफ स्कोल्जका बीचमा भेटवार्ता भएको छ । तीन दिने युरोप भ्रमणमा आउनु भएका मोदीले भ्रमणको पहिलो दिन नै बर्लिनमा स्कोल्जलाई भेटेका हुन् ।
उनीहरूका बीचमा भारत-जर्मनी सहकार्यका बारेमा विषेश कुराकानी भएको अधिकारीहरूले जानकारी दिएका छन् । दुवै पक्षले भेटवार्ता अत्यन्त फलदायी भएको दावी गर्दै आगामी दिनमा आपसी सम्बन्ध र सहकार्यमा थप सुधार हुने विश्वास व्यक्त गरेका छन् । उनीहरूका बीचमा रुसले युक्रेनमा गरेको आक्रमण, त्यसमा दुई देशले खेल्नु पर्ने भूमिका र त्यसले पार्ने असरका बारेमा पनि छलफल भएको बताइएको छ ।
सोमबार बिहान युरोप प्रस्थान गर्नु भएका प्रधानमन्त्री मोदीले युरोपेली देश डेनमार्क, जर्मनी र फ्रान्सको भ्रमण गर्ने तालिका रहेको छ । भारतका विदेश सचिव विनय मोहन क्वात्राले दिएको जानकारी अनुसार प्रधानमन्त्री मोदीले यस पटक गर्न लागेको यो युरोप भ्रमणका क्रममा उनले युक्रेनमाथि रुसको हमलाका बारेमा पनि विषेश छलफल गर्नेछन्।
सोमबार जर्मनी पुगेका प्रधानमन्त्री मोदी त्यसपछि क्रमशः डेनमार्क र फ्रान्सको भ्रमण गर्ने विदेश सचिव क्वात्राले बताए ।