arrow

९८ हजार दुई सयमा सुनको कारोबार 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ वैशाख १९ सोमबार
gold-final-2022.jpg

काठमाडौं । सुनको भाउ सोमबार तोलामा आठ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुनको भाउ तोलाको ९८ हजार दुई सय कायम भएको छ । आइतबार सुन तोलाको ९९ हजार रुपैयाँमा कारोबार भएको थियो ।

सोमबार तेजावी सुनको भाउ तोलाको ९७ हजार सात सय रुपैयाँ निर्धारण भएको छ । चाँदीको भाउ पनि प्रतितोलामा १० रुपैयाँले घटेको छ । आइतबार एक हजार तीन सय रुपैयाँमा कारोबार भएको चाँदी सोमबार एक हजार दुई सय ९० रुपैयाँमा निर्धारण भएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ