arrow

रुसले रोक्यो युरोपको ग्यास आपूर्ति

logo
हाम्रा कुरा
प्रकाशित २०७९ वैशाख १४ बुधबार
russia-europe-oil.jpg

काठमाडौं । रूसी ऊर्जा उद्योग कम्पनी ग्याजप्रोमले पोल्याण्ड र बुल्गेरियाको ग्यास आपूर्ति रोकेको छ । रुसी मुद्रा रुबलमा भुक्तानी नगरेपछि बुधबारदेखि रुसी कम्पनी ग्याजप्रोमले आपूर्ति रोकेको हो ।

युक्रेनमाथि रुसले गरेको आक्रमणको बदलामा पश्चिमाहरुले लगाएको प्रतिबन्धको जवाफमा रुसले दिएको यो पहिलो कडा प्रतिक्रिया हो ।

फेब्रुअरी २४ यता युरोपको मुख्य आपुर्तिकर्ता ग्याजप्रोमले आपुर्ति रोकेको पोल्यान्ड र बुल्गेरिया पहिलो देश  हुन् । 

ग्याजप्रोमले रुबलमा भुक्तानी नगरेका कारण पोल्याण्ड र बुल्गेरियाको ग्यास आपूर्ति पूर्ण रूपमा निलम्बन गरेको छ, कम्पनीले एक विज्ञप्ती जारी गर्दै भनेको छ ।

यसबाहेक ग्याजप्रोमले पोल्याण्ड र बुल्गेरिया हुँदै जर्मनी, हंगेरी र सर्बियालाई ग्यास पठाउने पाइपबाट गैरकानुनीरुपमा ग्याँस निकालेमा ती देशको आपूर्ति पनि काट्ने चेतावनी दिएको छ ।

पश्चिमाले रुसमाथि कडा प्रतिबन्ध लगाउँदै रुसी सम्पत्ती फ्रिज गरेपछि राष्ट्रपति भ्लादिमिर पुटिनले युरोपेलीहरुलाई रुसी मुद्रा रुबलमै भुक्तानी गर्न निर्देशन दिएका थिए ।

अप्रिल १ देखि रुसले उर्जा आयात गर्ने मुलुकहरुलाई रुबलमा भुक्तानी गर्न भनेको थियो । तर, पोल्याण्डले रुबलमा भुक्तानी नगर्ने भन्दै आएको थियो भने, बुल्गेरियाले अप्रिलमहिनासम्मको सम्झौता गरिसकेको दाबी गरेको थियो ।

युरोपले आफ्नो झन्डै ४० प्रतिशत ग्यास रुसबाट आयात गर्ने गर्छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ