तस्बिर– पार्टी अध्यक्ष महन्थ ठाकुर र नेता राजेन्द्र महतो ।
काठमाडौं । बैशाख ३० गतेको स्थानीय तह निर्वाचनका लागि लोकतान्त्रिक समाजवादी पार्टी लोसपाले पनि उम्मेदवारी दर्ता गरेको छ । आइतबार र सोमबार उम्मेदवारी मनोनयनका लागि समय तोकिएको थियो ।
निर्वाचन आयोगले उपलब्ध गराएको उक्त समय सीमामा विभिन्न स्थानीय तहमा प्रमुखरअध्यक्ष, उपप्रमुखरउपाध्यक्ष सहित वडा अध्यक्ष र सदस्यहरुको मनोनयन दर्ता भएको छ ।
सो क्रममा लोसपाले एक्लै तथा कतिपय जिल्लामा विभिन्न दलहरुसँग मिलेरसमेत उसले उम्मेदवारी दिएको छ ।