arrow

राइट दाजुभाइले उडान परीक्षण गरेको वर्ष जन्मिएकी कानेको निधन

logo
एएफपी,
प्रकाशित २०७९ वैशाख १२ सोमबार
kane-takana.PNG

टोकियो । विश्वकै सबैभन्दा जेष्ठ नागरिकको ११९ बर्षको उमेरमा निधन भएको छ । जापानका सरकारी अधिकारीहरुले सोमबार दिएको जानकारीअनुसार सन् १९०३ मा जन्मिएकी काने ताकानाको मृत्यु भएको हो ।   

उनी जन्मेको वर्ष राइट दाजुभाइले पहिलो पटक उडान परीक्षण गरेका थिए भने पहिलो महिला नोवेल पुरस्कार विजेताका रुपमा म्यारी क्युरीले नोवेल पुरस्कार प्राप्त गरेकी थिइन् ।जापानको दक्षिण पश्चिमी फुकौका क्षेत्रमा उनी बस्दै आएकी थिइन् । उनको स्वास्थ्यमा खासै ठूलो समस्या नदेखिएको चिकित्सकहरुले बताउदै आएका थिए । उनलाई नर्सिङ होममा राखेर स्वास्थ्य सेवा दिइँदै आइएको थियो । 

नसिङ होममा रहँदा उनले बोर्ड गेम्समा रमाउने गर्थिइन् भने हिसावका प्रश्नोत्तर लेख्दै बस्थिइन्। त्यसैगरी सोडा र चकलेटहरु खाने गर्थिइन् । उनी बयस्क अवस्थामा रहेका बेला चाउचाउ पसल, केक स्टोर्सलगायतका धेरै व्यापार व्यवसायहरु चलाएकी थिइन् ।  

उनले ठिक एक शताब्दी अगाडि सन् १९२२ मा १९ बर्षको उमेरमा हिडेओ तानाकासँग विवाह गर्नु भएको थियो । उनले चार सन्तान जन्माएकी थिइन् ।  खेलकुँदमा निकै रुची राख्ने तानाकाले सन् २०२१ मा भएको टोकियो ओलम्पीक खेलकुँद प्रतियोगिता प्रत्यक्ष हेर्न जाने रहर गरेकी थिइन् । तर कोरोना भाइरसको महामारीका कारण उनलाई खेल मैदान लगिएको थिएन ।  

विश्वकै सबैभन्दा जेष्ठ नागरिकको रुपमा उनको नाम सन् २०१९ मा गिनिज बुकमा लेखिएको थियो । त्यति बेला उनले यो नै आफ्नो जीवनको सबैभन्दा बढी खुशीको क्षण भएको बताएकी थिइन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ