arrow

अमेरिकाबाट चन्द्रले ल्याए 'जीवन'

logo
हाम्रा कुरा
प्रकाशित २०७९ वैशाख १२ सोमबार
chandra-jiban.PNG

काठमाडौँ । गायक चन्द्र लावारको सुमधुरको स्वरमा समावेश 'जीवन' बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ।  आफ्नी छोरी सान्वीको जन्म दिनको शुभ अवसर पारेर गायक लावारले यो म्युजिक भिडियो सार्वजनिक गरेका हुन्।  गीतका  शब्द शिव चम्ल्गाईले लेखेका हुन्।

जिन्दगीको यथार्थलाई समेटिएको यस गीतमा पुरन, रायना र सुनिताको अभिनय रहेको छ।  अनोज सुनार र जमनको कोरियोग्राफी रहेको यस प्रेम तामाङ र अनोज सुनारले संयुक्त रूपमा सम्पादन गरेका हुन्।  जमन बिस्टको निर्देशनमा भिडियो तयार पारिएको हो।  गायक लावारको युट्युब च्यानल 'चन्द्र लावार' मार्फत भिडियो सार्वजनिक भएको हो।

यसअघि गायक लावारको स्वरमा समावेश 'किन होला' 'एकै नजर' बोलको म्युजिक भिडियोहरू सार्वजनिक भैसकेका छन्।   गायक लावार हाल अमेरिकामा रहेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ