विराटनगर महानगर : काँग्रेसका नागेश कोइराला र एमालेका सागर थापा उम्मेदवार
हाम्रा कुरा
प्रकाशित २०७९ वैशाख १२ सोमबार
1k
Shares
tree-sun
काठमाडौँ। प्रदेश १ को राजधानी भएको विराटनगर महानगरपालिका प्रमुख पदको उम्मेदवारमा नेपाली काँग्रेसले नागेश कोइरालालाई छनोट गरेको छ। उनी नेता डा. शेखर कोइराला निकट हुन्। हाल पार्टीको मोरङ उपसभापतिको जिम्मेवारीमा पनि छन्। कोइराला परिवारबाट उनको उम्मेदवार रहने भएपछि विराटनगर महानगरको चुनावी भिडन्त रोचक हुने ठानिएको छ।
किनभने उनीसँग प्रतिस्पर्धा गर्न नेकपा एमालेले आज मात्रै सागर थापालाई प्रमुख पदको उम्मेदवार बनाउने टुङ्गो गरेको छ। विद्यार्थी राजनीतिबाट आएका उनी पनि बलिया उम्मेदवार हुन्।