arrow

धारा ३७० खारेजपछि जम्मूमा मोदीको पहिलो भ्रमण, भयो भव्य स्वागत

logo
हाम्रा कुरा
प्रकाशित २०७९ वैशाख ११ आइतबार
pm-modi-in-jammu-kashmir.jpg

काठमाडौं । भारतका प्रधानमन्त्री नरेन्द्र मोदी आइतबार जम्मूको साम्बा जिल्लाको पल्ली गाउँमा  पुगेका छन्। भव्य स्वागतकाबीच भारतीय प्रधानमन्त्री मोदी साम्बामा हुने पञ्चायती राज दिवसमा सहभागी हुँदै छन् ।

जम्मुको भ्रमणका क्रममा भारतीय प्रधानमन्त्रीले दुईवटा जलविद्युत आयोजनाको उद्घाटन गर्नुका साथै दिल्ली–कटरा एक्सप्रेसवे परियोजनाको शिलान्यास पनि गरेका छन् ।

दुई वर्षअघि धारा ३७० खारेज गरेपछि भारतीय प्रधानमन्त्रीको यो पहिलो जम्मू कश्मीर भ्रमण हो।

भारतीय प्रधानमन्त्री मोदीले बनिहाल र काजीगुण्ड सडक सुरुङको पनि उद्घाटन गरेका छन्। 

यस्तै उनले अमृत सरोवरू मिशनको पनि शुभारम्भ गरेका छन्, भने साम्बामा राष्ट्रिय पञ्चायत पुरस्कारका विजेताहरूलाई डिजिटल रूपमा रकम हस्तान्तरण समेत गरेका छन् ।

जम्मूमा जनतालाई सम्बोधन गर्दै मोदीले भनेका छन्,'म यहाँ जम्मू-कश्मीरमा विकासलाई गति दिन विकासको सन्देश लिएर आएको छु।' 

'हाम्रो ध्यान कनेक्टिभिटी र दुरीहरु नजिक गराउनुमा छ। हाम्रो उद्देश्य जम्मू-कश्मीरमा सबै मौसमीय कनेक्टिभिटी प्रदान गर्नु हो,' उनले अघि भने ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ