arrow

मेस्सीले पीएसजीलाई जिताए फ्रेन्च लिग वानको उपाधि 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ वैशाख ११ आइतबार
messi-psg-league-champion.jpg

काठमाडौं । घरेलु मैदानमा लेन्ससँग १–१ गोलको बराबरी खेल्दै पेरिस सेन्ट जर्मेन(पीएसजी) ले फ्रेन्च लिग वान फुटबलको उपाधि जितेको छ । शनिबार राति दोस्रो स्थानको मार्सेलीविरुद्ध १६ अंकको अग्रता बनाउँदै पीएसजीले चार खेल अघि नै दशौँ पटक फ्रेन्च लिग वानको उपाधि पक्कका गरेको हो ।  

पीएसजीले सन् १९८६, १९९४, २०१३, २०१४, २०१५,  २०१६, २०१८, २०१९, २०२० र २०२२ मा उपाधि जित्न सफल भएको हो । खेलको ६८औं मिनेटमा लियोनल मेस्सीले गोल गर्दै पीएसजीलाई शुरुआती अग्रता दिलाए ।  ८८ औं मिनेटमा कोरेन्टिन जिनले गोल गर्दै १० खेलाडीमा सीमित लेन्सलाई १–१ गोलको बराबरीमा ल्याएका थिए ।

बराबरीसँगै पीएसजीले ३४ खेलबाट ७८ अंक जोडेको छ । लेन्स ५४ अंक जोडेर सातौं स्थानमा  छ । यसै सिजन बार्सिलोना छाडेर पेरिस झरेका लियोनल मेस्सी र सर्जियो रामोसको यो पहिलो फ्रेन्च लिग उपाधि हो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ