गभर्नर अधिकारी निलम्बनविरुद्धको रिटमाथि आज पहिलो सुनुवाइ
हाम्रा कुरा
प्रकाशित २०७९ वैशाख ६ मंगलबार
631
Shares
फाइल तस्बिर
काठमाडौँ। निलम्बित गभर्नर महाप्रसाद अधिकारीले दर्ता गरेको रिट निवेदनमाथि आजदेखि सर्वोच्च अदालतमा प्रारम्भिक सुनुवाइ हुँदैछ। दर्ता भएको रिटमा पहिलो सुनुवाइका लागि आज पेशी तोकिएको थियो।
सरकारलाई असहयोग गरेको भन्दै निलम्बन गरेको थियो। निलम्बनमा परेपछि अधिकारीले गैर कानुनी, बदनियत पूर्ण र पूर्वाग्रह रूपमा जाँचबुझ समिति गठन गरेर निलम्बन गरिएको दाबी गर्दै रिट दायर गरेका थिए। जाँचबुझ समिति गठन गर्ने निर्णय कार्यान्वयन नगर्न माग गर्नुका साथै आफूमाथि निलम्बन समेत फुकुवाको आदेश जारी गर्न माग गरेका थिए।
२४ चैत २०७८ मा बसेको मन्त्रिपरिषद् बैठकले अधिकारीलाई निलम्बन गर्दै जाँचबुझका लागि समिति गठन गर्ने निर्णय गरेको थियो।