मानव विकास सूचकाङ्कमा जम्मु काश्मीर पाकिस्तान प्रशासित क्षेत्रभन्दा धेरै गुणा अगाडि
एजेन्सी,
प्रकाशित २०७९ वैशाख ६ मंगलबार
280
Shares
फाइल तस्बिर
इस्लामावाद। संवैधानिक स्थितिको अभाव, राजनीतिक अस्थिरता र अराजकता, पाकिस्तानको बलियो नियन्त्रणको अभ्यास र गिलगिट बाल्टिस्तानमा शान्ति र सुरक्षालाई प्रतिकूल असर पार्ने घातक संयोजनका कारण पाकिस्तान प्रशासित क्षेत्रहरू निकै पछि परेको रिपोर्टहरूले देखाएका छन्।
पाकिस्तान प्रशासित कश्मीर (पीओके) को एक हिस्सा गिलगिट बाल्टिस्तान विगत तीन महिनादेखि हिंसा र अशान्तिको अर्को चपेटामा परेको छ। यस क्षेत्रमा खानी र रत्न उत्खननका लागि निजी ठेकेदारहरूलाई इजाजत पत्र जारी गरेकोमा पाकिस्तान सरकार विरुद्धमा स्थानीयहरूले चर्को आन्दोलनहरू गरिरहेका छन्।
विवादित क्षेत्र भए पनि पाकिस्तानी ठेकेदारहरूलाई इजाजत पत्र जारी गरिएको छ। जसमध्ये एक हुन् मोहम्मद दादा, जसले गिलगिट बाल्टिस्तान हिमालहरूबाट सबै मार्बलहरू उत्खनन गरी पाकिस्तानमा ढुवानी गरिरहेका छन्। 'त्यस्तै गरिब जनताले आफ्नो पुर्खाको जग्गा सेनासँग सम्बन्ध राख्ने निजी पाकिस्तानी खरिदकर्तालाई दिन बाध्य भइरहेका छन्। उनीहरूले गरिब जनताबाट जग्गा किनिरहेका छन्,’ एक स्थानीयले मिडियालाई भने।
'गिलगिट बाल्टिस्तान विवादित क्षेत्र हो, यो पाकिस्तानको क्षेत्र होइन। यो १९४७ देखि पाकिस्तानद्वारा अवैध रूपमा कब्जा गरिएको छ, यो भारत र गिलगिट बाल्टिस्तानका जनताको हो। यसमा पाकिस्तानले एकलौटी दोहन गरिरहेको छ,' उनले भने।
चुनावको क्रममा, इमरान खान सरकारले चीन-पाकिस्तान आर्थिक कोरिडोर (सीपीईसी) को भागको रूपमा गिलगिट-बाल्टिस्तानका मानिसहरूलाई रोजगारी, शिक्षा र समृद्धिको वाचा गरेको थियो। तर सरकारले बनाएको नीतिले यस क्षेत्रको जनसांख्यिकीलाई नै परिवर्तन गरी स्थानीयको अधीनमा रहेको जग्गाको स्वामित्वलाई व्यवस्थित रूपमा सुरक्षित गर्ने स्थानीयको भनाइ छ। उनीहरूले यस्तो स्वदेशी विरोधी नीति यस क्षेत्रमा कहिले पनि लागु हुन नदिने बताए।गिलगिट-बाल्टिस्तानका बासिन्दाहरूलाई यस्ता नीतिहरू बनाउँदा परामर्श नगरिएको उनीहरूको आरोप छ।
यस क्षेत्रले २०१२ मा काराकोरम राजमार्गमा कोहिस्तानमा सिया तीर्थयात्रीहरूलाई इरानबाट फर्किँदै गर्दा निर्मम हत्या गरेको थियो। एक प्रतिबन्धित आतङ्कवादी समूह जुन्दुल्लाहका कमाण्डर अहमद मारवतले आक्रमणको जिम्मेवारी लिएका थिए र स्पष्ट रूपमा यी मानिसहरू शिया समुदायका भएकाले उनीहरूलाई लक्षित गरिएको थियो।
तालिबान र अलकायदासँग कथित सम्बन्ध रहेको जन्दुल्लाह बलुचिस्तानमा रहेको छ। यो समूह छिमेकी इरानमा सक्रिय जुन्दल्लाहभन्दा फरक रहेको बताइएको छ। सैनिक पोसाक लगाएका हत्याराहरू बिना कुनै कठिनाइ आक्रमणको घटनास्थलबाट भाग्न सफल भए। यस विशेष घटना पछि, यस क्षेत्रमा झडपहरूको शृङ्खलाहरू भएका छन्।
तर, भारतमा रहेको जम्मु काश्मीरमा सन् २०१९ देखि विकास र समृद्धिले गति लिएको छ। स्थानीयहरू स्वरोजगारका लागि उद्यमहरू गर्न थालेका छन् भने युवाहरूले विभिन्न नयाँ अभियानहरू सञ्चालन गरिरहेका छन्। मानव विकास सूचकाङ्क हेर्ने हो भने भारतमा रहेको जम्मु काश्मीर पाकिस्तानको कब्जामा रहेको क्षेत्रभन्दा कयौँ गुणा अगाडि रहेको छ।