भारतीय सेनाको नयाँ प्रमुखमा लेफ्टिनेन्ट जनरल मनोज पाण्डे
एजेन्सी,
प्रकाशित २०७९ वैशाख ६ मंगलबार
675
Shares
फाइल तस्बिर
नयाँ दिल्ली। भारतीय सेनाका उपप्रमुख लेफ्टिनेन्ट जनरल मनोज पाण्डे भारतीय सेनाको नयाँ प्रमुखमा नियुक्त भएका छन्। उनले १ वैशाखदेखि पदभार ग्रहण गर्नेछन्। कोर्पस अफ इन्जिनियर्सबाट प्रधानसेनापति बन्ने उनी पहिलो अधिकृत हुन्। उनी जनरल मनोज मुकुन्द नरवणेको उत्तराधिकारी हुनेछन्। नरवणेको कार्यकाल ३० अप्रिलमा पूरा हुँदैछ।
‘सरकारले लेफ्टिनेन्ट जनरल मनोज पाण्डेलाई नयाँ सेना प्रमुखको रूपमा नियुक्त गर्ने निर्णय गरेको छ’, रक्षा अधिकारीहरूको भनाई उद्धृत गर्दै भारतीय समाचार संस्था एनडीटीभीले जनाएको छ।
नेसनल डिफेन्स एकेडेमीका पूर्व छात्र लेफ्टिनेन्ट जनरल पाण्डे सन् १९८२ को डिसेम्बरमा कोर्पस अफ इन्जिनियर्समा भर्ती भएका थिए। उनले जम्मु कश्मीरको नियन्त्रण रेखाको किनारमा पल्लनवाला सेक्टरमा अपरेसन पराक्रममा इन्जिनियर रेजिमेन्टको कमाण्ड गरेका थिए।