नेपाली काँग्रेस विराटनगर महानगरपालिकाको मेयर पदका लागि सात जनाको नाम सिफारिस
विवेक मिश्र,
प्रकाशित २०७९ वैशाख ३ शनिबार
975
Shares
मोरङ। नेपाली काँग्रेसमा विराटनगर महानगरपालिकाको मेयर पदका लागि सात जनाको नाम सिफारिस गरिएको छ। काँग्रेस महानगर समितिले यही वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि आकाङ्क्षीहरूको सूची सिफारिस गरेको हो। वर्तमान मेयर भीम पराजुलीसहित सात जनाको नाम सिफारिस गरिएको जनाइएको छ।
पार्टीका नगर सभापति दीपक चापागाईँले उपमेयरमा १२ जनाको नाम सिफारिस भएको जानकारी दिए। उनले भने “सम्भावित उम्मेदवारको नामावली हामीले पार्टीको केन्द्रीय कार्यालयका सचिव प्रेम केसीलाई बुझाएका छौँ।”
मेयरका लागि सिफारिस सूचीको पहिलो नम्बरमा नागेश कोइरालाको नाम छ। दोस्रो नम्बरमा सभापति चापागाईँ, तेस्रो नम्बरमा उपमेयर इन्दिरा कार्की, चौथो नम्बरमा डा.डीला सङ्ग्रौला, पाँचौँ नम्बरमा अमृत अर्याल, छैटौँ नम्बरमा मेयर भीम पराजुली र सातौँ नम्बरमा गोपाल रेग्मीको नाम छ।
सिफारिस गरिएका मध्ये कोइराला, चापागाईँ र कार्की डा. शेखर कोइराला पक्षधर हुन्। सङ्ग्रौला, अर्याल, पराजुली र रेग्मी संस्थापन पक्षनिकट हुन्।