काठमाडौँको मेयरका लागि एमालेबाट पाँच जनाको नाम सिफारिस
हाम्रा कुरा
प्रकाशित २०७९ वैशाख १ बिहिबार
781
Shares
फाइल तस्बिर
काठमाडौँ। आसन्न स्थानीय तह निर्वाचनका लागि काठमाडौँ महानगरपालिकाको मेयरका लागि नेकपा (एमाले)बाट पाँच जनाको नाम सिफारिस भएको छ। बिहीबार बसेको महानगर कमिटीको बैठकले मेयरमा पाँच जनाको नाम जिल्ला कमिटीमा सिफारिस गरेको एक नेताले जानकारी दिए।ती नेताकाअनुसार मेयरमा विद्यासुन्दर शाक्य, केशव स्थापित, निर्मल देउला, इन्दिरा पन्त र रामवीर मानन्धरको नाम महानगर कमिटीले सिफारिस गरेको हो।
शाक्य हालका मेयर हुन् भने स्थापित पूर्व मेयर हुन्। त्यस्तै मानन्धर काठमाडौँ क्षेत्र नम्बर ७ बाट प्रतिनिधि सभा सदस्य र पूर्व राज्यमन्त्री समेत हुन्। पन्त भने एमालेको काठमाडौँ जिल्ला कमिटी सदस्य हुन्।