काठमाडौँ। नेपालको अग्रणी भुक्तानी प्रणाली सञ्चालक फोनपे पेमेन्ट सर्विस लिमिटेडको चिफ बिजनेस अफिसरमा सुमित दास नियुक्त भएका छन्। नवनियुक्त दासलाई बुधवार फोनपेका प्रमुख सञ्चालन अधिकृत सिद्धान्त ठकुरीले स्वागत गरे। दास यसभन्दा अगाडी नेपालको चर्चित ब्राण्ड कोकाकोलामा आबद्ध थिए।
उनी कोकाकोलामा १२ वर्ष भन्दा लामो समयसम्म एरिया सेल्स् म्यानेजर,कोल्ड ड्रिङ्गस् इक्युपमेन्ट म्यानेजर, रिजनल सेल्स् म्यानेजर,ट्रेड मार्केटिङ हेड लगायतको भूमिकामा थिए।
फोनपेमा उनले बिजनेस डेभलपमेन्टका साथै मर्चेन्ट एक्टिभेसन लगायत बजार प्रवर्द्धनको कार्य सम्हाल्नेछन्। उनको आगमनसँगै कम्पनीले थप सफलता हासिल गर्ने अपेक्षा गएको छ।
डिजिटल नेपालको परिकल्पना गर्दै साढे दुई वर्ष अगाडी स्थापना भएको फोनपेमा हाल करिब ६ लाख मर्चेन्ट रहेका छन्। बैङ्क तथा वित्तीय संस्था एवं भुक्तानी सेवा प्रदायकका डेढ करोड बढी मोबाइल बैङ्किङ प्रयोगकर्ताले फोनपेमार्फत कारोबार गर्दै आएका छन्। फोनपे नेटवर्कमा हाल ६० वटा बैङ्क तथा वित्तीय संस्था तथा भुक्तानी प्रणाली सञ्चालक आबद्ध छन्।