न्यू इयर इभमा ईसेवा मार्फत स्यान टु पे गर्दा शतप्रतिशत क्यासब्याक पाइने
हाम्रा कुरा
प्रकाशित २०७८ चैत २९ मंगलबार
788
Shares
काठमाडौँ। नेपालको अग्रणी भुक्तानी सेवा प्रदायक ईसेवा मार्फत चैत ३० गते बुधवार न्यू इयर इभका दिनमा स्यान टु पे मार्फत भुक्तानी गर्दा शतप्रतिशत क्यासब्याक पाइने भएको छ। सोही दिन इसेवाको मोबाइल एप्स्मार्फत फोनपे नेटवर्कमा स्यान टु पे गर्दा सय जनाले अधिकतम रु २०७९ सम्म शतप्रतिशत क्यासब्याक पाइनेछ।
साथै न्यू इयर इभका दिनमा विभिन्न मर्चेन्ट,रेस्टुरेन्ट, क्लब, रिसोर्ट लगायतका हस्पीटालिटीमा भुक्तानी गर्दा १० प्रतिशत छुट प्राप्त हुनेछ। छुट प्राप्त हुने मर्चेन्ट तथा हस्पीटालिटीको सुची ईसेवाको ब्लगमा राखिएको छ। साथै ईसेवा मार्फत भुक्तानी गर्ने व्यक्ति फोनपेको हेलिकप्टरमार्फत सगरमाथा घुम्न पाइने अफरमा समेत सहभागी हुनेछन्।
फोनपे नेटवर्कमा न्यू इयर इभका दिनमा भुक्तानी गर्ने दश जना ग्राहक र १० वटा मर्चेन्टले हेलिकप्टर मार्फत विश्वकै अग्लो हिमाल सगरमाथा घुम्न पाउने छन् भने नाम्चे बजार नजिकै रहेको होटेल एभरेस्ट भ्यूमा ब्रेक फास्ट गर्ने अवसर प्राप्त हुनेछ। यो योजनामा २९ गते राति १२ बजेदेखि ३० राति १२ बजेसम्म कारोबार गर्ने सबै व्यक्ति र मर्चेन्ट सहभागी हुनेछन्। विजेता गोला प्रथा मार्फत घोषणा गरिनेछ।
ईसेवाबाट मोबाइल, टेलिफोन, इन्टरनेट, बिजुली तथा खानेपानीको महसुल भुक्तानी, रिचार्ज, हवाई जहाज, बसको टिकट, स्कुल कलेजको शुल्क लगायतका सेवाहरूको शुल्क भुक्तानी गर्न सकिन्छ। ईसेवामा हाल ५१ वटा बैङ्क तथा वित्तीय संस्था सदस्य रहेका छन् । यी बैङ्कबाट ईसेवामा सहजै रकम जम्मा गर्न तथा इसेवाबाट बैङ्क खातामा रकम पठाउन सकिन्छ।