गठबन्धन बैठक : नेतृत्व बाँडफाँट टुङ्गो लगाउन निर्देशन
हाम्रा कुरा
प्रकाशित २०७८ चैत २९ मंगलबार
834
Shares
तस्बिर : रासस
काठमाडौँ। सत्ता गठबन्धनका दलहरूको बैठकले स्थानीय तह निर्वाचनका लागि गठबन्धन र उम्मेदवारको टुङ्गो लगाउन निर्देशन दिएको छ। आज बालुवाटारमा बसेको पाँच दलीय गठबन्धनको बैठकले यस्तो निर्देशन दिएको हो। नेतृत्व बाँडफाँट गरेर केन्द्रमा पठाउन जिल्ला संयन्त्रलाई निर्देशन दिएको हो।
गठबन्धनमा नेपाली काँग्रेस, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी र राष्ट्रिय जनमोर्चा रहेका छन्। आगामी वैशाख ३० गतेका लागि स्थानीय तहको निर्वाचन तोकिएको छ।