स्थानीय तह निर्वाचनमा सेना परिचालन गर्न राष्ट्रपतिले दिइन् स्वीकृति
हाम्रा कुरा
प्रकाशित २०७८ चैत २९ मंगलबार
1.4k
Shares
फाइल तस्बिर
काठमाडौं। राष्ट्रपति विद्यादेवी भण्डारीले स्थानीय तह निर्वाचनमा सेना परिचालन गर्न स्वीकृति दिएकी छन्। ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनका लागि सेना परिचालन गर्न स्वीकृति दिएकी हुन्।
राष्ट्रिय सुरक्षा परिषद्को १७ चैतको सिफारिस र २४ चैतको मन्त्रिपरिषद् बैठकको निर्णय अनुसार राष्ट्रपति भण्डारीले सेना परिचालनका लागि स्वीकृति दिएकी हुन्।
नेपालको संविधानको धारा ६६ को उपधारा (२) बमोजिम उनले सेना परिचालनको लागि स्वीकृति दिएकी हुन्। ‘स्थानीय तह निर्वाचन एकीकृत सुरक्षा योजना, २०७८’ मा स्थानीय तहको निर्वाचन स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न सेना परिचालन गर्न सकिने उल्लेख गरिएको छ।