काठमाडौँ। यो नयाँ वर्ष एनसेलका ग्राहकहरूका लागि निकै नै विशेष हुने भएको छ। नयाँ वर्ष २०७९ को शुभ अवसरमा एनसेल आजियाटा लिमिटेडले आफ्ना ग्राहकका लागि आकर्षक न्यु इयर कम्बो अफर र रिचार्ज योजना ल्याएको छ।
यी अफरहरू आज आइतबार (चैत्र २७) बाट, सञ्चालनमा आएका छन्। यस आकर्षक न्यु इयर कम्बो प्याक अन्तर्गत ग्राहकले ७ दिन र २८ दिन समय सीमा रहेका विभिन्न प्याकहरू सुचारु गर्न सक्छन्। प्याक अनुसार ग्राहकले अल नेट भ्वाइस, अल टाइम डेटा, अल नेट एसएमएस र नन् स्टप अन नेट भ्वाइस सेवा जस्ता आकर्षक सेवा बण्डलिङबाट फाइदा लिन सक्छन्। त्यस्तै रिचार्ज योजना अन्तर्गत प्रत्येक ग्राहकले रु ५० वा सो भन्दा बढीको हरेक रिचार्जमा बोनस स्वरूप फेसबुक, टिकटक, युट्युब प्रयोग गर्न सोसल मिडिया प्याक प्राप्त गर्दछन्।
डेटा र सबै नेटवर्कमा कुरा गर्न सकिने टक टाइम सहितको कम्बो प्याकहरू सुलभ दरमा
२८ दिने कम्बो प्याकको खरिदमा नन् स्टप अन नेट कल सुविधा
रु ५० वा सो भन्दा बढीको प्रत्येक रिचार्जमा हरेक ग्राहकले सोसल मिडिया प्याक बोनस पाउने
कम्बो प्याक अन्तर्गत ७ दिनको समय सीमा रहेको प्याक ग्राहकले कर सहित मात्र रु ९६ मा सुचारु गर्न सक्छन् र यस प्याकमा बण्डल गरिएको १ जीवी अल टाइम डेटा र कुनै पनि नेटवर्कमा कल गर्न सकिन १०० मिनेट अल नेट टक टाइमबाट फाइदा लिन सक्छन्। त्यस्तै ग्राहकले रु १६८ मा ५ जीवी अल टाइम डेटा र १०० मिनेट अल नेट टक टाइम रहेको अर्को ७ दिने प्याक मात्र रु १६८ मा सुचारु गर्न सक्छन्। ग्राहकका लागि २८ दिन समय सीमा रहेको प्याक पनि रहेको छ जस अन्तर्गत ग्राहकले रु २९८ मा २.५ जीवी डेटासँगै २५० मिनेट अल नेट टक टाइमको फाइदा लिन सक्छन्। यो प्याक सुचारु गर्न इच्छुक ग्राहकले एष्ट्रिक्स १७१२३एष्ट्रिक्स१ह्यास डायल गरी यो प्याक सुचारु गर्न सक्छन्।
कम्बो प्याक अन्तर्गत नै विशेष प्रिपेड ग्राहकका लागि धेरै डेटा भोलुम सहित २८ दिन समय सीमा रहेको अन्य दुई प्याकहरू पनि रहेका छन्। रु ७९८ मा एनसेलका प्रिपेड ग्राहकले हरेक दिन १ जीवी डेटा सहित नन् स्टप अन नेट कल सुविधा (५००० मिनेटको फेयर युसेज पोसिली अन्तर्गत रही), ५० मिनेट अफ नेट टक टाइम र १०० अल नेट एसएमएसको फाइदा लिन सक्छन्। यसै २८ दिने प्याकमा रहेको अर्को योजनामा ग्राहकले मात्र रु ९९८ मा हरेक दिन २ जीवी डेटा २८ दिन सम्म, एनसेल नेटवर्क भित्र नन् स्टप कल सुविधा, १०० मिनेट अफ नेट टक टाइम र २०० वटा अल नेट एसएमएस पाउँछन्।
यसका साथै रिचार्ज योजनामा ग्राहकले रु ५० वा सो भन्दा बढीको हरेक रिचार्जमा सोसल मिडिया डेटा प्याक प्राप्त गर्दछन्। रु ५० देखि रु ९९ रिचार्ज गर्ने ग्राहकले १ दिनको समय सीमा रहेको ५० एमबी सोसल प्याक प्राप्त गर्दछन्। त्यस्तै गरी रु १०० देखि रु १९९ को रिचार्जमा ग्राहकले ३ दिनको समय सीमा रहेको २०० एमबी सोसल प्याक र रु २०० वा सो भन्दा बढीको रिचार्जमा ग्राहकले ७ दिनको समय सीमा रहेको ५०० एमबी सोसल प्याक पाउँछन्। यसरी बोनसमा पाइने सोसल प्याकको डेटा ग्राहकले फेसबुक, टिकटक र युट्युब चलाउन प्रयोग गर्न सक्छन्।
नयाँ वर्षको अवसरमा ल्याइएका यी नयाँ योजनाहरूले नयाँ वर्षको शुभकामना आदानप्रदान गर्न र ग्राहकहरूलाई सञ्चार सेवा सुलभ र सहज बनाउन ठुलो महत्त्व राख्ने विश्वास एनसेलले लिएको छ। रिचार्ज योजना १५ दिनको लागि मान्य रहनेछ।