सर्लाहीमा अज्ञात समूहको गोली प्रहारबाट भारतीय नागरिकको मृत्यु
हाम्रा कुरा
प्रकाशित २०७८ चैत २३ बुधबार
976
Shares
तस्बिर– सांकेतिक
सर्लाही । सर्लाहीको मलङ्गवा नगरपालिका–८ मा अज्ञात समूहको गोली प्रहारबाट बुधबार एक जनाको मृत्यु भएको छ । साँझ अज्ञात समूहको गोली प्रहारबाट छिमेकी देश भारतको सोनबर्साका इनदल महतोको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।
साँझ करिब ६ः५० बजे अज्ञात समूहको गोली लागेका उनको उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटैमा ज्यान गएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक माधवप्रसाद बुढाथोकीले जानकारी दिए ।
गोली प्रहार कसले र किन गरेको भन्ने विषयमा अनुसन्धान शुरु भएको र फरार रहेको समूहको खोजीकार्य जारी रहेको प्रहरीले जनाएको छ ।