७१ जना स्थानीय निर्वाचन अधिकृत हटाइए, यी थपिए [विवरणसहित]
हाम्रा कुरा
प्रकाशित २०७८ चैत २३ बुधबार
391
Shares
काठमाडौं । निर्वाचन आयोगले आगामी बैशाख ३० गतेका लागि तय भएको स्थानीय तहको निर्वाचनमा खटाइने ७१ निर्वाचन अधिकृतलाई हटाएर नयाँलाई जिम्मेवारी दिएको छ ।
बुधबार एक सूचना जारी गर्दै आयोगले ७१ निर्वाचन अधिकृतलाई जिम्मेवारीबाट हटाएको छ भने ७१ निर्वाचन अधिकृतमा खटाएको जनाएको छ ।
विभिन्न कारणले ७१ निर्वाचन अधिकृत हटाउँदै त्यस ठाउँमा अन्य ७१ जनालाई नियुक्त गरेको आयोगले जनाएको छ । नियुक्तिका लागि तोकिएका निर्वाचन अधिकृतलाई चैत २९ गतेभित्र नै तोकिएको स्थानमा हाजिर हुन पनि आयोगले निर्देशन दिएको छ ।